नयाँ दर्शन र पुराना सोच

केशवप्रसाद चौलागाई
केशवप्रसाद चौलागाई
Read Time = 16 mins

जीवन र जगतलाई बुझ्ने तथा बदल्ने बौद्धिक प्रयास स्वरूप ‘दर्शन’ को अस्तित्व सामुन्ने आएको देखिन्छ । वर्तमान प्रयासलाई भन्दा पुरानै विषय र नायकहरूको वरिपरि चर्चामा रहेको ‘दर्शन’ लाई आजको सन्दर्भमा भइरहेका प्रयास बारे चर्चा गर्ने मनसाय यस लेखको रहेको छ । यसै भावनालाई बल प्रदान गर्ने राजेश्वर देवकोटाका भनाइ प्रेरणादायी रहेका छन् ।

‘आदर्श र सिद्धान्तको युग कहिले आएन कि त्यसको शिक्षा कुन कालमा फैलाइएन तर समाजमा विकृति नै बढ्दै गइरहेको छ । ठूला-ठूला महात्माहरू सबै कालमा सर्वत्र नै भए, ठूला सम्राट पनि भए । तर समाज तह लागेन, अहिलेको युगमा धेरै अनियन्त्रित भइसकेको छ । वेद, गीता, बाइबल कुरानका पुस्तक कति संख्यामा छापिन्छन् संसारको जनसंख्याको अनुपात त्यसले नाघेको होला । ती सबै धर्मग्रन्थमा राम्रा कुरामात्र लेखिएका छन् । शिक्षाको त विस्तार भयो तर सभ्यताको विस्तार भएन । त्यसबाट विरक्तिएर आदर्श र सिद्धान्त मान्छेले बिर्सिन सक्दैन ।

भोलिका दिनमा योग्य मनुष्य पैदा हुनेछन्, आदर्श र सिद्धान्तको अनुसरण गर्नेछन् भन्ने आशा गर्नुपर्छ । स्वधर्म, स्वराष्ट्र, स्व र स्वत्व यिनै हाम्रा चार वेद हुन । यिनकै गरिमा बढाएर हामी आफूलाई तृप्त गर्न सक्छौ, यसैमा आत्मा रमाओस् ।’

दर्शनलाई समग्रमा जीवन र जगतप्रतिको दृष्टिकोण भन्न सकिन्छ । दर्शन निष्पक्ष बौद्विक प्रयत्न हो जसबाट विश्वको सम्पूर्णतालाई बुझ्ने प्रयत्न गरिन्छ । यसले कुनै चिजलाई पनि एकांगी रूपमा बुझ्दैन, हरेक वस्तुलाई समग्रतामा बुझ्ने गर्दछ ।

(१) नयाँ सोच र नेतृत्वको अपेक्षा गरिएको मन्तव्यले नया दर्शन र नायकत्वको उद्गम हुने कुराको बोध गराउँछ । कुनै पनि विचार कुन हद पार गरेपछि दर्शनमा रूपान्तरण हुन्छ ।

(२) भन्ने गंगाप्रसाद उप्रेतीको भनाइ पनि सान्दर्भिक देखिन्छ । यिनै नयाँ विचार तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै केही नवीन प्रयासहरूका बारे यहाँ उल्लेख गरिन्छ । द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका,

अनुसन्धान :
(३) नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला धार्मिक क्षेत्रको प्रयासमा द्वन्द्व रूपान्तरणका लागि गरिएको अनुसन्धानले सबै धर्मावलम्बीलाई सर्वधर्म समभावसहित अन्तर्धार्मिक सहकार्यको थालनीमार्फत द्वन्द्व व्यावस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न सैद्धान्तिक आधार प्रदान गरेको थियो । सनातन हिन्दुधर्म, बौद्ध, इस्लाम, जनै तथा कृस्चियन धर्मावलम्बीको पवित्र ग्रन्थका आधारमा तयार गरिएको अनुसन्धान आज पनि नेपाल लगायत अन्तर्राष्ट्रिय जगतमा पठनपाठनको सामग्री बनेको छ ।

सबै प्रमुख धर्म दर्शनहरूको शान्ति र मेलमिलापका सम्बन्धमा लेखिएका वचनको उल्लेख हुनुका साथै सहकार्यका साझा बुँदा समावेश भएकाले निकासका लागि उत्प्रेरित गर्दछ । सुझाबका रूपमा प्रस्तुत आधारले समाजलाई दिगो शान्ति र समृद्धिका लागि प्रेरित गरिरहेको छ । विश्वविद्यालयका शान्ति शिक्षा पाठ्यक्रमका लागिसमेत उपयोगी अनुसन्धान द्वन्द्व व्यावस्थापनका लागि नवीन दर्शनकै रूपमा स्वीकार्य रहेको छ ।

खगोल र द्वन्द्व :
(४) अन्तरिक्ष तथा आकाशीय ब्रहृमाण्डका विषयमा रहेको प्राचीन ज्ञानलाई हिंसाको मनोविज्ञानलाई निस्तेज बनाउन लेखिएको थियो । सत्ता प्राप्तिका लागि द्वन्द्वको प्रयोग जायज ठहराउने राजनीतिक विद्वानलाई सम्झाउँदै शान्ति, प्रेम र मेलमिलापका लागि पे्ररित गर्न सहयोगी बनेको थियो । ‘माक्सवादी चिन्तनमा खगोलको औचित्य कस्तो हुन सक्छ भन्ने प्रश्न उत्तरबाट प्रारम्भ गरिएको पुस्तक उपनिषद्को शैलीमा रहेकाले दर्शनको भूमिका निर्वाह गर्न सकेको थियो । आकाशीय ग्रह र उनीहरूको परिभ्रमणले समेत पृथ्वी र पृथ्वीवासीलाई रक्षा गरिरहेको दृष्टान्तले हातमा हतियार लिएर निहत्या नेपालीलाई मार्नु गलत भएको प्रमाणित गराउन सफल विचार थियो । ग्रह, उपग्रहहरूको परिभ्रमण, प्लेटोको मान्यता खोसिएको प्रसंगदेखि समाज रूपान्तरण, द्वन्द्व रूपान्तरणको प्रसंगले समग्रमा बुझाउने दर्शन झैँ बन्न पुगेको थियो ।’

ADVERTISEMENT

दर्शनलाई समग्रमा जीवन र जगतप्रतिको दृष्टिकोण भन्न सकिन्छ । दर्शन निष्पक्ष बौद्विक प्रयत्न हो जसबाट विश्वको सम्पूर्णतालाई बुझ्ने प्रयत्न गरिन्छ । यसले कुनै चिजलाई पनि एकांगी रूपमा बुझ्दैन, हरेक वस्तुलाई समग्रतामा बुझ्ने गर्दछ । यसको बुझाइ तर्कको आधारमा रहेको हुन्छ । उसले यो विश्वलाई अंश अंशमा नबुझेर समग्र विश्वलाई नै एक पूर्णको रूपमा आफ्नो ज्ञानको विषय बनाउदछ । विश्वको वास्तविक ज्ञान तब हुन्छ जब समग्र विश्व नै ज्ञानको विषय बन्दछ । ज्ञानका दुई पद्धति एक अंश अंशमा बुझ्नु जुन विशिष्ट प्रकारको हुन्छ । अर्को समग्रमा बुझ्न अर्थात् सम्पूर्णतामा सामान्य ज्ञान प्राप्त गर्नु । ज्ञानको यसै पद्धतिको उपयोगबाटै दर्शन विश्व विषय बन्न जान्छ । ‘नेपालका दार्शनिक’ पुस्तकमा अभय शर्मा र रविप्रसाद गुरागाईका उपरोक्त विचारले ‘खगोल र द्वन्द्व’ पुस्तकले पनि दर्शनको समग्रतालाई प्रतिनिधित्व गर्न खोजेको प्रमाणित गर्दछ ।

स्वराज्य र मेलमिलाप :
(५) प्रजातन्त्र, राष्ट्रियता र समावेशीतालाई सम्बोधन गर्ने वैदिक स्वराज्य र उपनिषदको मेलमिलापलाई राजनीतिक दर्शनको रूपमा स्वीकार्य बनाउँदै लगिएको छ । ‘आ यद् वामीयचक्षसा मित्र वयं च सुरयः । व्यचिष्ठे वहुपाय्ये यतेमही स्वराज्ये ।।’ अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका लागि लागि रहौं भन्ने ऋगवेदको सिद्धान्तले सबैले आफ्नो ठान्ने राज्यको रूपमा स्थापित गराउन सहयोग पुर्‍याउँदछ । भारतमा महात्मा गान्धीले पनि ब्रिटिश उपनिवेशबाट भारतलाई स्वतन्त्र बनाउन स्वराज्यको नारा अगाडि बढाउँदै सफलता पाउनु भएको थियो ।

वेदमा रहेको परिभाषा, दैनिक जीवनमा भइरहेको अभ्यास तथा इतिहासमा देवराज इन्द्रले स्थापना गरेको स्वर्गको इतिहास नै स्वराज्यको इतिहास भएको तथ्य समेटिएको सिद्धान्त भएकाले राजनीतिक दर्शनका रूपमा संघ, प्रदेश र स्थानीय तहमा अभ्यासमा आइरहेको छ ।

वेदमा रहेको परिभाषा, दैनिक जीवनमा भइरहेको अभ्यास तथा इतिहासमा देवराज इन्द्रले स्थापना गरेको स्वर्गको इतिहास नै स्वराज्यको इतिहास भएको तथ्य समेटिएको सिद्धान्त भएकोले राजनीतिक दर्शनका रूपमा संघ, प्रदेश र स्थानीय तहमा अभ्यासमा आइरहेको छ । निम्न कार्यक्रम स्थानीय तहमा सञ्चालन भइरहेकोले पनि परिवर्तनकारी दर्शनका रूपमा स्थापित हुँदैछ ।

  • स्थानीय सरकार : सवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारणा ।
  • स्थानीय तह : कार्यसम्पादन तथा सुशासन ।
  • न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र
  • स्वराज्यः मेलमिलाप गीत (६)
    ‘यज्ञेन द्विषन्तो मित्रा भवन्ति’ यज्ञद्वारा शत्रु पनि मित्र बन्दछन् भन्ने नारायण उपनिषदको कथनले मेलमिलाप हाम्रो दैनिक संस्कृति नै भएको तथ्यले स्वराज्यसँग एकाकार गर्दै ‘स्वराज्य र मेलमिलाप’ दिगो शान्ति र समृद्धिको दर्शन नै बन्न पुगेको छ ।

शास्त्र र साधनमा स्वराज्य र मेलमिलाप :
(७) पञ्चतत्वको सृष्टि तथा पाञ्चायन पूजा–साधनाको दर्शनका रूपमा अभ्यासमा ल्याइएको यो सिद्धान्तले आस्तिक दर्शनको स्थान लिइरहेको छ । प्रलयकालदेखि सृष्टिकाल समेतको वर्णनलाई समेटिएको यो सिद्धान्तले नासदीयसुक्त, हिरण्यगर्भसुक्त तथा पुरुषसुक्तलाई स्मरण गराउँदै कर्मकाण्ड पद्धतिलाई दर्शनको आधार प्रदान गरेको छ । पुर्खाहरूले प्रचलनमा ल्याएर मान्दै आइरहेको पाञ्चायन पूजा पद्धतिलाई स्पष्ट शास्त्रीय आधारमा दर्शनको रूपमा स्थापित गराउने यो सिद्धान्तले सम्प्रदायमा विभाजित भएकालाई समेत समेट्न मद्दत गर्नेछ । हरेक कर्म तथा उपलक्ष्यमा सम्पन्न गरिने पूजा आराधनाका साथै नवग्रह पुजनलाई समेत समेट्दै धर्म संस्कृतिको रक्षा र निरन्तरतामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ । बौद्विक र आस्तिक वर्गलाई आफ्नो परम्पराप्रति गौरव मान्ने आधार प्रदान गरेको छ ।

शान्ति दर्शन र जापान :
जापान सोसाइटी अफ हृयुमनिष्टिक एन्थ्रोपोलोजी एसोसियन, टोकियोद्वारा विश्व शान्तिका लागि ‘फिलोसफी अफ जोजन’ (८) सन् २०१७ मा तयार गरेको छ । धर्म, दर्शन र विज्ञानलाई सयोजन गर्दै दिगो शान्ति र मेलमिलापका लागि धेरै वर्ष लगाएर तयार गरिएको दर्शन जापानी भाषामा प्रकाशित गर्नुका साथै अंग्रेजी अनुवाद गरिएको हामीसँग पनि उपलब्ध छ । सबैको भलो चाहने धर्म, दर्शन र विज्ञानले झन् द्वन्द्व बढाएको उदाहरणले तीनवटै आधारलाई संयोजन गरी तयार गरिएको दर्शन विज्ञानलाई बढी महत्व दिएर लेखिएकाले विश्वासिलो देखिन्छ ।

जापानको अनुसन्धानको निष्कर्ष पनि ‘मेलमिलाप भएकाले हामीसँग जोडिन पुगेको थियो । पश्चिमी अफ्रिकी राष्ट्र वेनीनमा धेरै वर्षको गृहयुद्ध मेलमिलापका माध्यमबाट टुगिएको कुरालाई नमुनाका रूपमा गृहण गर्दै वेनिनका प्रोफेसर इमानुयल गेभेगननलाई साथै लिएर नेपाल पनि आएका थिए । कोभिड-१९ ले आक्रन्त पारेका बेला सन् २०२० मा ‘बिगिनिङ विथ वेनिन’ (९) पुस्तक प्रोफेसर इमानमलले तयार गरी मेलमिलापको उदाहरण विश्वभर फैलाउन खोजेका छन् । दर्शनको प्रसंग आउँदा हामीले र विश्वले गरिरहेका प्रयाससँग सम्र्पक स्थापित भएको तथ्यले ‘नयाँ दर्शन र नयाँ व्यक्तित्वका विषयमा लेख्न, बोल्न समर्थ भएका छौं ।

सन्र्दभ सामग्री
१. देवकोटा, राजेश्वर, सुन आफै झल्मलाउँछ । भूमीका, स्वराज्य र मेलमिलाप, लेखकः केशवप्रसाद चौलागाई वि.स. २०७०
२. गंगा प्रसाद उप्रेती, नेपालका दार्शनिकहरु, प्रकाशकिय, नेपाल प्रज्ञा–प्रतिष्ठानः २०६९
३. चौलागाई, केशवप्रसाद/द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मीक क्षेत्रको भूमीका-वि.स. २०६७
४. चौलागाई, केशवप्रसाद, खगोल र द्वन्द्व वि.स. २०६४
५. चौलागाई, केशवप्रसाद, स्वराज्य र मेलमिलाप वि.स. २०७७ सातौ संस्करण
६. गीतकार, महेश प्रसाई, स्वर-संगीत रामजी नेपाली ।
७. चौलागाई, केशवप्रसाद, पाशुपत दर्पण, वि.स. २०७०, अंक ६ प्रकाशक-पशुपतिक्षेत्र विकास कोष ।
८. कास्तोमोतो, योसिमिची, द फिलोसफी अफ जोजन २०१७, जापान सोसाइटी अफ ह्यूमनिस्टीक एन्थ्रोपोलोजी एसोसियसन, टोकियो ।
९. इमानुयल गेभेगनन, बिगिनिङ वीथ वेनीन सन् २०२० जापान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज