रूपन्देही । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको वार्षिक साधारणसभा तथा अधिवेशन असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले संघको ७०औँ वार्षिक साधारणसभा तथा २५औँ अधिवेशन आगामी असोजको १५ देखि १७ गते गर्ने निर्णय गरेको संघका महासचिव विमलराज भट्टराईले बताउनुभयो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले साधारणसभा तथा अधिवेशनका लागि कार्यसमिति सदस्य संयोजक रहेको विभिन्न तयारी समिति गठन गरेको छ । अधिवेशन सम्पन्न गर्न संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ । साधारणसभामा पेश गर्ने प्रस्ताव लेखनका लागि प्रतीक पोखरेल संयोजक रहेको प्रस्ताव समिति, किट व्याग तथा रेजिष्ट्रेसनमा प्रकाशकुमार श्रेष्ठ, सदस्यता मत सर्वेक्षणका लागि सञ्जय कलवार, खाना तथा जलपान समितिमा निर्मित कसजू, स्वागत तथा ब्याच व्यवस्थापनमा जमुना पौडेल, निमन्त्रणा कार्ड व्यवस्थापनका लागि सुमोदमान सैंजू, हल तथा मञ्च व्यवस्थापनका लागि नरेशकुमार श्रेष्ठ संयोजक रहेको समिति गठन गरिएको छ ।
संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मूल्यांकनका लागि संघका सल्लाहकार तथा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल र उत्कृष्ट उद्योगी व्यवसायी सम्मानका लागि सल्लाहकार तथा पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको महासचिव भट्टराईले जानकारी गराउनुभयो ।
यसैबीच संघले स्वर्ण जयन्तीमा बुटवल बसपार्कअगाडि निर्माण गरिएको ट्राफिक आइल्याण्डलाई पुनर्निर्माण गर्ने निर्णय गरिएको छ । संघले २०६० सालमा स्वर्ण जयन्ती मनाएको थियो । सो अवसरमा बुटवल बसपार्कबाट निस्किने र छेवैको बाटोको बीचमा ट्राफिक आइल्याण्ड बनाएको थियो । हाल ट्राफिक आइल्याण्ड जीर्ण भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच