खोलाले बगाएर ६४ वर्षीय वृद्ध बेपत्ता

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता हुनुभएको छ । घोराही उपमहानगरपालिका-११ झमरे निवासी ६४ बर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभयाे ।

उहाँका अनुसार घर नजिकै रहेको पत्रेखोलाले विकलाई विहान साढे ८ बजेतिर बगाएको थियो । प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,-‘घरमा सौचालय नभएका कारण दिशा गर्न सधै खोला जाने गरेका थिए, त्यहीक्रममा आज खोला गएको समयमा विकलाई खोलाले बगाएको भन्ने खुलेको छ । अहिले बेपत्ता विकको खोजी कार्य भइरहेको छ ।’

ADVERTISEMENT

बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *