क्रिमियामा आक्रमण गर्न आएका २० युक्रेनी ड्रोनलाई रुसले खसाल्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मस्को । रुस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । यसैबीच समाचार एजेन्सी तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आफ्नो वायु रक्षा प्रणालीले युक्रेनको एस २०० मिसाइल पत्ता लगाएर रोकेको बताएको छ।

हिजो (अगस्ट १२) बिहान करिब १ः०० बजे किभ शासनले एस २०० सतह टु एयर निर्देशित हतियारको साथ क्रिमियन पुलमा आतंकवादी हमला गर्ने प्रयास गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । उक्त युक्रेनी मिसाइल तुरुन्तै पत्ता लगाइएको र रुसको वायु रक्षा प्रणालीले बीचको हावामा रोकेको थियो। घटनामा कुनै मानवीय वा क्षति नभएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

यसअघि क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले आफ्नो टेलिग्राम च्यानलमा दुई युक्रेनी क्षेप्यास्त्रहरू केर्च स्ट्रेटको क्षेत्रमा हवाई रक्षा प्रणालीले खसालेको बताएका थिए। उनले भने, ‘एयर डिफेन्स सिस्टमले केर्च स्ट्रेटको क्षेत्रमा दुश्मनका दुईवटा मिसाइललाई खसाल्यो। क्रिमियाको पुल प्रभावित भएको छैन।

क्रिमिया क्षेत्रमा आक्रमणहरू सामान्य भइसकेका छन्। जुलाईको सुरुमा मस्कोले युक्रेनले क्रिमियातर्फ रातारात १७ ड्रोन प्रक्षेपण गरेको आरोप लगाएको थियो। रुसले यसलाई ‘आतंकवादी हमला’ भनेको छ । मन्त्रालयले १४ युक्रेनी मानवरहित युएवीलाई रेडियो९इलेक्ट्रोनिक युद्धको माध्यमबाट दबाइयो भनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज