कांग्रेस निकट नेपाली लेखक संघको अध्यक्षमा केसी निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाली लेखक सङ्घ काठमाडौँ जिल्लाको अध्यक्षमा बिसुकुमार केसी निर्वाचित हुनुभएको छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले आज यहाँ उद्घाटन गर्नुभएको काठमाडौँ जिल्लाको दोस्रो अधिवेशनले उपाध्यक्षमा डा पौडेल विभुन्स र जनार्दन अधिकारीलाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यसैगरी सचिवमा गणेश भट्ट अणु, सहसचिवमा पार्वती अधिकारी र माधव बिडारी र सदस्यमा विनोद दाहाल, सुधा बाँस्कोटा, जगदीश्वर पोख्रेल, सुस्मिरा अर्याल, पुनम घिमिरे, शोभा खरेल, पूर्णिमा प्रतिबिम्बि र हीरा परियार सर्वसम्मतिले चयन हुनुभएको छ । सोही अवसरमा महामन्त्री थापाले निराशाभन्दा पनि युवा पुस्तामा आशाको दियो जगाउँदै मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकाससँगै समृद्ध नेपाल नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

देशकै स्रोत, साधन उपयोग गरी देशभित्रै रोजगारी सिर्जना गर्दै विदेशिएका युवा पुस्तालाई देशमै फर्काएर आफ्नो देशको विकासमा लगाउने उहाँको भनाइ छ । उहाँले अब समृद्ध नेपाल निर्माणको निम्ति हरेक क्षेत्रमा युवा पुस्ताले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै त्यसका लागि आजैका दिनदेखि युवा एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “यो निराश हुने बेला होइन, निराशालाई आशामा बदल्ने बेला हो, देशको निम्ति केही गर्ने बेला हो, अब समृद्ध नेपाल निर्माणका लागि युवा पुस्ता नै अगाडि सर्नुपर्छ, अब गर्ने भनेकै युवा पुस्ताले हो”, सङ्घका केन्द्रीय सहअध्यक्ष डा रत्नमणि नेपाल र महासचिव साझो गाउँलेले राजनीतिक पार्टीका नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको हितको निम्ति सोच्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?