काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक बालुवाटारमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राही लाभान्वित हुने गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ बैंकले यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त सेवा सञ्चालनका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो ।
क्युआर कोड सेवाबाट राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीले क्युआरमार्फत् भुक्तानी गरी सटही सुविधा लिन सक्ने बैंकले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता