कृषि क्षेत्रको प्रवद्र्धनमा लकस

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । लकस नेपालले १३औँ स्थापना दिवसका अवसरमा गोदावरी नगरपालिका ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई ‘लकस नेपाल वर्ष व्यक्तित्व २०८० सम्मान’ प्रदान गरेको छ । लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धीकरण ट्यांकी निर्माण तथा निरन्तर व्यवस्थापनमा सक्रिय नगरकोटीलाई शनिबार आयोजित स्थापना दिवस समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।

मजदुरी गर्दै आउनुभएका नगरकोटीले समुदायलाई नेतृत्व प्रदान गरी सम्पन्न गर्नुभएको कार्यले ८५ घरपरिवारलाई शुद्ध पानी पुर्‍याउने कार्य भएको छ । ५३ वर्षीय लामीडाँडा काफलडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नगरकोटीले आफ्नो नेतृत्वमा थप ६० हजार लिटरको पानी ट्यांकी निर्माण गरी निरन्तर सञ्चालन एवं व्यवस्थापन गरिरहनुभएको छ । नगरकोटीलाई सम्मान प्रदान गर्दै प्रदेशमन्त्री रामकृष्ण चित्रकारले लकसको अभियानमा प्रदेश सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भक्तपुर जिल्लाकै हाराहारी क्षेत्रफल रहेको गोदावरी नगरपालिकाभित्र मात्र एउटा स्थानीय तहले प्राप्त गर्ने बजेट प्राप्त गर्ने भएकाले योजनाअनुरूप कार्यसम्पादन चुनौतीपूर्ण बनेको गुनासो गर्नुभयो । सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, ललितपुर महानगरपालिका ११ का वडाध्यक्ष अरोजकुमार खड्गी, ललितपुर महानगरपालिका २२ का वडाध्यक्ष सागर तुलाधर तथा संस्थाका सल्लाहकार डा. शिलेन्द्र शाक्य तथा कानुनी सल्लाहकार किरण शाक्यलगायतको उपस्थिति रहेको लकसले जनाएको छ ।

ADVERTISEMENT

लकसका कार्यवाहक अध्यक्ष सुरजवीर बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रामबहादुर केसी, धनकुमार नगरकोटी, प्रकाश नगरकोटी, ससिता नगरकोटी, सरस्वती नगरकोटीलाई सम्मान गरिनुका साथै लकस नेपाल गानका गायक, संगीतकार एवं रचनाकार सुरजवीर, संगीत संयोजक भूपेन्द्र बज्राचार्यलाई पनि सम्मान गरिएको थियो ।

लकस नेपालको सहजीकरणमा अहिले बागमती गाउँपालिका ३ स्थित भट्टेडाँडाको सातकन्या सामुदायिक कृषक समूहको अगुवाइमा मास्क उत्पादन, जडीबुटी खेती, पशुपालनका लागि घाँस उत्पादन तथा गोदावरी नगरपालिका ४ वडीखेलमा ठूलो खोला आमा समूहको अगुवाइमा मास्क उत्पादन, साबुन उत्पादन, जडीबुटी खेती कार्यक्रम सम्पन्न भएको छ भने हालैमात्र ललितपुर महानगरपालिका २२ फर्सिडोल, गोदावरी नगरपालिका ४ मासडाँडा, गोदावरी नगरपालिका-६ लप्सेमा संस्थाको कार्यस्थल विस्तार गरी कार्य योजनाअनुरूप कार्यक्रम आरम्भ गरिएको लकसले जनाएको छ ।

लकस नेपालले आउटरिच इन्टरनेसनलसँगको सम्झौतामा कृषिमा बेर्ना उत्पादन, तरकारी खेती, पशुपालन, जडीबुटी खेती, गोलभेडा टनेल खेती, घाँस उत्पादन, बचत तथा ऋणमार्फत् जीवनस्तर उकास्ने, पानी शुद्धीकरण ट्यांकी निर्माणलगायतका कार्यमा सहकार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज