सोनापुर मिनिरल्सलाई प्रिमियम भाउमा आइपिओ बिक्री गर्न बोर्डको अनुमति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो ।

ADVERTISEMENT

आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपिओ बिक्री हुने भएको छ । यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँको दरले आइपिओ बिक्री हुने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *