मलेसियामा बसको ठक्करबाट सर्लाहीका हेमबहादुरको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीका एक युवकको रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।

हरिवन नगरपालिका–१, अत्रौली घर भएका २७ वर्षीय हेमबहादुर श्रेष्ठको शुक्रबार बिहान आफू कार्यरत कम्पनी परिसरमा बसको ठक्करबाट मृत्यु भएको हो । ललितप्रसाद श्रेष्ठ र इन्द्रकुमारी श्रेष्ठका छोरा हेमबहादुर पाँच वर्षअघि विवाह गर्नासाथ मलेसिया जानुभएको थियो ।

मोरङ बेलबारीकी बिनिता श्रेष्ठसँग प्रेम विवाह गरेर मलेसिया जानुभएका श्रेष्ठ त्यसयता नेपाल फर्किनुभएको थिएन । उहाँहरुको बालबच्चा पनि भएका छैनन् । राम्रो कमाइ हुने सजिलो काम छ भन्दै विवाह गर्नासाथ हेमबहादुर मलेसिया जानुभएको थियो । बुवा ललितप्रसादका अनुसार हेमबहादुर पाँच वर्षदेखि भिसा थप गरेर उतै बसिरहनुभएको थियो ।

ADVERTISEMENT

मलेसियामा भएको सवारी दुर्घटनामा उहाँको मृत्यु भएको खबरले परिवारका सदस्यसहित छरछिमेकी पनि शोकमा रहेको हरिवन नगरपालिकाका कर्मचारी तारानाथ पोखरेलले जानकारी दिनुभयो ।

यसअघि पनि मलेसिया जानुभएका श्रेष्ठ पाँच वर्षअघि विवाह गर्न भनेर घर फर्किनुभएको थियो । घर आएपछि विवाह गर्नुभएका श्रेष्ठ श्रीमतीलाई आमाबुवाको साथमा छाडेर लगत्तै मलेसिया जानुभएको थियो । श्रेष्ठको शव चाँडै नेपाल ल्याउनको लागि पहल गरिदिन परिवारका सदस्यले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज