हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रा) हेटौँडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् । हेटौँडा मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारलाई हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिकरुपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भनेर सपथ लिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराउनु भएको थियो । मेयरका उम्मेदवार सिंहले हेटौँडाको विकासमा समर्पित भइ यहाँको सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताउनु भयो । उपमेयरकी उम्मेदवार न्यौपानेले हेटौँडाको मुहार फेरिने दाबी गर्नुभयो ।
राप्रपा हेटौँडाका उम्मेदवारको मन्दिरमा सपथ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






