जापानको बेरोजगारी दर जुनमा २.५ प्रतिशत कायम

Read Time = 1 min

टोकियो । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारलेसार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्रालयका अनुसार एक महिनाअघि २.६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको हो ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत विन्दुले घटेर १.३० मा झरेको जनाएको छ । यो अनुपात कामको खोजीमा प्रति १०० मानिसको लागि १३० उपलब्ध रोजगारको बराबर छ ।

ADVERTISEMENT

जुन महिनामा कुल बेरोजगारको संख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ । तीमध्ये आफ्नै इच्छाले काम छोड्नेको संख्या एक प्रतिशतले घटेर सात लाख १० हजार मा झरेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार कामबाट बर्खास्त हुनेको संख्या अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले घटेर चार लाख ७० हजारमा झरेको छ । रासस÷सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?