भोजपुर । उमेर बढ्दै गए पछि सामान्य उपचारका लागि पनि स्वास्थ्य संस्था जानु पर्ने अवस्थामा रहेका ज्येष्ठ नागरिकहरुलाई टोलमै स्वास्थ्य उपचारको ब्यवस्था मिलाईएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर आठमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रले ज्येष्ठ नागरिकहरुलाई साविकका टोलहरुबाट नै स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाएको केन्द्र प्रमुख मनिकला प्रधानले बताउनुभयो । “बिशेष गरेर हामीले वडा भित्रका ज्येष्ठ नागरिकहरुका लागि घरदैलोमा नै पुगेर आधारभुत स्वास्थ्य सेवा दिनका लागि यो निर्णय गरेका हौ ।” केन्द्र प्रमुख प्रधानले भन्नुभयो ।
वडासँगको समन्वयमा ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर निःशुल्क उपचार सुरु गर्ने निर्णय भएको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था मिलाईएको हो ।” यसै अनुसार वडा भित्र रहेका साविका तीन वटा वडाहरुमा स्वास्थ्य परीक्षण हुने छ ।
घरदैलो खटिएका स्वास्थ्यकर्मीबाट ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाई लगायतको परीक्षण हुने छ । वडा भरीका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् र सामान्य उपचारका लागि कष्ट उठाउन नपरोस् भनेर घरमै स्वास्थ्य परीक्षण गर्न लागिएको वडा सचिव सविता राईले बताउनुभयो ।
प्रत्येक महिनाको २२, २३ र २४ गते वडा भित्र रहेका तीन टोलमा स्वास्थ्य परीक्षणको तालिका बनाईएको आधारभुत स्वास्थ्य सेवा केन्द्र दुम्सिकाले जनाएको छ । वडा भित्र स्थापना भएको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा जान सवै नागरिकहरुलाई असहज देखिएको अवस्थामा टोलमै स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाउनु राम्रो कदम भएको वडावासी सन्तोष तिवारीले बताउनुभयो । तिवारीले भन्नुभयो, “सामान्यलाई भन्दा पनि ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्यमा पहुँच पुर्याउन टोल स्तरमा नै परीक्षणको ब्यवस्था मिलाउन आधारभुत स्वास्थ्य सेवा केन्द्रले गरेको निर्णय महत्वपूर्ण छ ।” यसलाई महिनामा एक दिन भन्दा पनि सम्वन्धित निकायसँग स्वास्थ्यकर्मीको ब्यवस्थापन गरेर दिगोरुपमा सेवा प्रवाहको बातावरण मिलाउनु पर्छ ।
आधारभुत स्वास्थ्य केन्द्रमा जनशक्ति कम भएका कारण अहिलेका लागि महिनामा एक दिन स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाईएको वडासदस्य सत्यकला राईले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts