स्वास्थ्य नीति लागू गराएरै छाड्छु : मन्त्री बस्नेत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काभ्रे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्नुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उहाँले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रूत गतिमा काम आफ्नो प्रयास रहने बताउनुभयो ।

“यसअघिका स्वास्थ्य क्षेत्रका प्रयास अपर्याप्त देखिए, हामी यसमा प्रयासरत छौँ”, मन्त्री बस्नेतले भन्नुभयो । स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै काम बाँकी रहेकाले आफु उक्त काममा दृढतापूर्वक लागेको उहाँको भनाइ थियो । “कर्मचारी दूर्गम जान नमान्ने, शक्तिको आडमा राजधानी र छेउछाउका जिल्ला मात्रै बस्न खोज्ने प्रवृत्तिलाई निमर्मताका साथ परास्त गरेको छु, अहिले चिकित्सकलगायत स्वास्थ्यकर्मी सरुवा र बढुवाका लागि मन्त्रालय धाउन छाडिसकेका छन्, अन्य विकृति हटाउन पहल गर्छु”, मन्त्री बस्नेतले भन्नुभयो ।

चिकित्सकलाई तनावमुक्त भएर उपचार सेवामा लाग्न उहाँले आग्रह गर्नुभयो । मन्त्री बस्नेतले हालैको अनुगमनबाट राजधानीका अधिकांश फार्मेसी बिना स्वीकृति, बिना अध्ययन र बिना अनुभवीद्वारा सञ्चालनमा आएको तथा फार्मेसिष्टभन्दा दोब्बर फार्मेसी सञ्चालनमा आएको देखिएको उल्लेख गर्दै एक सय फार्मेसी अनुमगन गर्दा एउटाले मात्र स्वीकृति लिएर सञ्चालन गरेको पाइएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

सङ्घीय १६ अस्पतालमा तीन हजार पाँच सय २३ शैय्या गरिब तथा विपन्नका लागि छट्याएको उल्लेख गर्दै उहाँले १० प्रतिशत सबै अस्पताल तथा मेडिकल कजेजले छुट्याउने नीति सबैले लागू नगरेकले सरकारी अनुगमनमा तीव्रता दिइएको बताउनुभयो ।

जटिल प्रकारको रोगको उपचार नेपालमै सम्भव भएकाले नेपाली स्वास्थ्य जनशक्तिलाई विश्वास गर्न उहाँले आग्रह गर्नुभयो । आगामी दुई वर्षभित्र गरिब तथा विपन्नलाई स्वस्थ्य सेवा तथा पाँच वर्षभित्र सम्पूर्ण उपचार निःशुल्क गर्ने योजना बनाएको मन्त्री बस्नेतले बताउनुभयो । धुलिखेल अस्पतालको ‘आधारभूत जीवन सहयोग’ अभियान देशब्यापी बनाउन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा डा रामकण्ठ माकजू, अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा राजेन्द्र कोजू, काठमाडौँ विश्वविद्यालयका मेडिकल अफ साइन्सका डिन डा मनोज हुमागाईलगायतले ‘आधारभूत जीवन सहयोग’ अर्थात् मुटुको चाल बन्द भए छाती थिचेर मुटुलाई पूर्ववत् अवस्थामा ल्याउन सकिने प्रक्रियाबारे एम्बुलेन्स चालक, सुरक्षाकर्मीलगायत व्यावसायिक व्यक्ति हरेकले जान्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *