गणतन्त्र आएपछि हेर्ने हो भने सरकारले एउटा विवादलाई विषयान्तर गर्न अर्को बहस र मुद्दा खडा गर्ने गरेको पाइन्छ । नागरिकता कानुनले उब्जाएको राष्ट्रिय प्रश्नलाई विषयान्तर गर्न ललिता निवास काण्डको छानविन जसमा सम्भावित शीर्ष निर्णयकर्तालाई संरक्षण गर्दै मध्यम जिम्मेदारलाई समातेर कारबाही सुरु गर्नु, शीर्षहरूबारे व्यापक कुरा उठेपछि सेना घटाउने मुद्दा, यसमा बहस चर्किएपछि सुन काण्ड, जबकि एक महिनाभित्र बाइस क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट बाहिर निस्किसकेको कुरा छापाहरूमा आएको छ ।
यसमा पनि मुख्य जिम्मेदार योजनाकार सदा झैँ उम्किने छन् भने बिचौलिया र भरियामात्र समात्ने काम हुनेछ भन्ने अनुमान गरिरहनु पर्दैन । सेना, सुन, ललिता निवास, भुटानी प्रकरण र अरू सभ्भावित काण्डहरूलाई छायाँमा पार्ने र मत्थर पार्ने खेल अनावश्यक रूपमा हर्क साम्पाङलाई चर्च निर्माणमा जोडेर बाहिरिएको छ । उनले धराने जनताका लागि राम्रो काम गरेका छन् । उनले आफूलाई निरन्तर प्रकृतिपूजक भन्ने गरेको सुनिन्छ । तापनि सनातन धर्मावलम्बीको मन्दिर अगाडि सरकारी जग्गामा भव्य चर्च बन्ने भएपछि विवाद उठेको देखिन्छ । यद्यपि उनले वडाको निर्माण स्वीकृति अधिकारलाई आफूले नमिच्ने बताइरहेको अवस्था छ ।
सारांशमा हेर्ने हो भने नागरिकतासम्बन्धी विधेयक कानुनमा परिणत हुनु र सेनाको संख्या कटौती गर्ने आवाज उठ्नु संयोगमात्रै हुन् कि सुनियोजित प्रश्न खडा भएको छ । तर यी सबै मुद्दा एकपछि अर्को सांग्लो भएर देखापरेका छन् । अर्कोतिर सेनाले निरन्तररूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विश्वास आर्जन गरी ख्याति कमाइरहेको छ । तर केही विषयवस्तु र घटनाका कारण शंका उत्पन्न हुन लागेको छ । दरबार हत्याकाण्डपछि सैनिक नेतृत्वको भूमिकालाई लिएर शंका उठेको हो ।
सेनाको सुरक्षामा निर्भर रहेको राजपरिवारको निर्मम हत्या भएको पनि बीस वर्ष पूरा भएको छ र अहिलेसम्म त्यस काण्डको रहस्य सार्वजनिक हुनसकेको छैन । एमसिसीप्रति सेनाको मौन समर्थनप्रति पनि एक कोणबाट सन्देह गरिरहेको अवस्था छ ।
सेनाको सुरक्षामा निर्भर रहेको राजपरिवारको निर्मम हत्या भएको पनि बीस वर्ष पूरा भएको छ र अहिलेसम्म त्यस काण्डको रहस्य सार्वजनिक हुनसकेको छैन । एमसिसीप्रति सेनाको मौन समर्थनप्रति एक कोणबाट सन्देह गरिरहेको अवस्था छ भने एमसिसीका सन्दर्भमा सशक्त पक्षपोषण गर्नुहुने कांग्रेसका तत्कालीन बुद्धिजीवी र अहिले राष्ट्रिरूय स्वतन्त्र पार्टीका सांसद्, स्वर्णिम वाग्लेको प्रधान सेनापतिसँग सल्लाह गरेरै सेना घटाउने कुरा राखेको भनाइले सन्देहको घेरा विस्तार भएको छ ।
यसै प्रधान सेनापति बनिसकेको व्यक्ति आफ्नो देश छाडेर विदेशमा घर किनेर वा त्यहाँको सरकारबाट प्राप्त गरेर बस्ने नेतृत्व कुनै समयमा सेनाले पाएको थियो । यस्तो काम सुरक्षा दृष्टिकोणले उचित वा अनुचित निक्र्यौल हुनुपर्ने थियो । सुनिन्छ : तीनजना पूर्वसेनापतिहरू भारतको गुडगाउँ, सिमला, बैंगलोरमा घर किनेर वा प्राप्त गरेर बसेका छन्, एकजना दरबार हत्याकाण्डका समयका चर्चित सेनापति प्रज्ज्वल समशेर अमेरिकामा बस्छन्, अर्को एकजना पेरिसमा । यसरी दोहोरो चरित्र देखाउने व्यक्ति यो देशको प्रधानसेनापति बनिरहँदा देशभक्तिको भावना कसरी आउँन सक्छ ? त्यो पदमा बसेका समय यस्ता सैनिक नेतृत्वको देशप्रतिको निष्ठा थियो कि थिएन ? प्रश्न गर्न मिल्छ कि मिल्दैन ?
दश वर्षे हिंसाकालमा नेपाली सेनाका कतिपय उच्च पदस्थ अधिकृतहरूले आफ्नै सेनाविरुद्ध माओवादीहरूलाई गोप्य सूचनाहरू दिने गरेको अब लुकेको छैन । माओवादी नेतृत्वमा आउनासाथ त्यस्ता सैनिक अधिकृतहरू वा सेनालाई प्रशिक्षण दिनेहरू पुरस्कृत भएको दोहो¥याइरहनु पर्दैन । तर, आफ्नै परमाधिपतिको हत्या आफ्नै सैन्यबलको घेराबन्दीमा हुँदा जिम्मा नलिने सेना नेपाली सेना हुन सक्छ र ? यसरी हेर्दा नेपाली सेनाको विघटन हुनुपर्छ वा सैन्य संख्या घटाउनुपर्र्छ भन्ने भनाइ सही लाग्छ । तर, नेपाली सेना र उसको इतिहासको मूल्यांकनको आधार यही नै हुनसक्ला त ?
केहीलाई छाडेर माथिल्लो तह वा तल्ला तहका सेनामा त देशभक्तिको भावना छ । माओवादी हिंसाविरुद्धको लडाइँमा नेपाली सेनाले पाएको सफलता उल्लेखयोग्य छ । १२ बुँदे सहमति नभएको भए माओवादी नेपालमा लालटिन बालेर खोज्नुपर्ने अवस्था आउने थियो होला । स्वर्णिम वाग्ले र एमाले नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री विमला पौडेल राईले नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेर संसद्मा दिएको सुझाव र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको एघार बुँदे सुझावलाई यतिखेर जोडेर हेर्न लागिएको छ ।
विमलाले एमालेको र वाग्लेले रास्वपाको नीति संसद््मा राखेका हुनुपर्छ । यद्यपि दुवै दलले उनीहरूको निजी विचार भनेर आफूलाई यो विवादबाट पृथक तुल्याएका छन् । तर नेपाली सेनाको संख्या कटौतीको आग्रह सामान्य सोच वा आर्थिक अवस्थाको समीक्षाका कारणमात्रै हो भनेर कसैले पनि पत्याउन सक्दैन । मुलुकको रक्षाको जिम्मा लिएको सेनाको आलोचना गरेर उसलाई कमजोर बनाउन हुँदैन । तर, २०५८ साल यतादेखि नेपाली सेना किन यति बढी आलोचित भइरहेको छ, कहिल्यै सेनाले आत्मसमीक्षा गरेको छ ? विश्वको कुनै पनि मुलुकमा सेनाको आलोचना गरिँदैन बरू उनीहरूको हौसला बढाइन्छ ।
देशका नागरिकहरू आफ्नो सेनाप्रति छाती फुलाएर गर्व गर्छन् तर नेपाली जनता आफ्नो सेनाप्रति गर्व गर्न किन सक्दैनन् वा चाहिरहेको देखिँदैन ? केवल प्राकृतिक विपत्तिका बेलामा उद्धार ग¥यो भन्दैमा सेना प्रशंसित हुन सक्दैन यदि उसले देशको स्वतन्त्रता, सार्वभौमसत्ता र यसको सनातन मौलिकताको रक्षा गर्न सकेन भने । अन्तर्राष्ट्रिय ख्याति नेपाली सेनाको पर्याप्त छ । संसारका हरेक द्वन्द्वग्रस्त मुलुकहरूमा पुगेर अत्यन्त साहस र बुद्धिमत्तापूर्वक नेपाली सेनाले योगदान गरेको छ र देशको अर्थतन्त्रमा समेत यसबाट टेवा पुगेको छ । तैपनि खुलेआम किन प्रशंसा हुने अवस्था आएको छैन ?
कम्बोडियाका राजा नरोत्तम सिंहानुक विदेश गएको बेला पारी त्यहाँको सेनाले राजा हटाएको घोषणा गर्यो । बाहिर उग्रवादी कम्युनिष्ट पोलपोटको सेना थियो । प्रत्यक्षमा राजा हटाएर गणतन्त्र ल्याएको देखियो तर सिआइएबाट सञ्चालित पोलपोटले नभई सिआइएको आदेशमा त्यहाँका सेनाले गणतन्त्र ल्याएको थियो । त्यसपछि त्यहाँको सेना विघटन भयो । कम्बोडियामा राजा विदेश यात्रामा हुँदा राजतन्त्र हटाइयो, यहाँ दरबार हत्याकाण्डपछि गणतन्त्र ल्याउन सुरु भयो । कम्बोडिया होस् वा नेपाल दुवैमा गणतन्त्र ल्याउन सेनाकै महत्वपूर्ण भूमिका छ ।
नेपाली सेनालाई विघटन गर्ने वा सैन्य संख्या घटाउने कि सेनाले २०५८ सालयता उसले गर्दै आएको गल्तीहरूलाई सच्याएर सनातन मौलिकता भएको नेपाललाई फर्काउन देशभक्तिपूर्ण कदम चाल्ने हो ? नेपाली सेनाको आधिकारिक व्यक्तिहरूले नै निर्णय गर्नुपर्छ । संविधानको रक्षाको दुहाई सेनाले दिन्छ भने के उसले २०३७ सालको पञ्चायती संविधानको रक्षा गर्यो, के उसले २०४७ सालको संविधानको रक्षा गर्यो ? के उसले आफ्नो परमाधिपतिको रक्षा ग¥यो ? जब उसले यी सबैलाई रक्षा गरेन भने आज किन यो संविधानको रक्षाको दुहाई दिन्छ ?
के नेपाली सेनाले आफ्नै गौरवशाली इतिहासलाई पुनस्र्थापित गर्नसक्छ ? नालापानी, देउथलका वीरगाथाहरू बिर्सियो ? बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापाको देशभक्ति र वीरतालाई बिर्सेकै हो त ? सिन्धुलीगढीको युद्धलाई कम आँकलन गरेकै हो त, जहाँ पाँच सयजना नेपाली सेनाले छब्बीस सय बेलायती सेनालाई धुलो चटाएर भगाएको थियो, सत्तरी प्रतिशत बेलायती सेनाको सफाइ गर्ने नेपाली सेनाले पहिलो पटक एशियामा विश्वभरि आफ्नो साम्राज्य विस्तार गरेको बेलायती सेनालाई जित्ने पहिलो सेना भएको गर्विलो इतिहासलाई अहिलेको नेपाली सेनाले कसरी बुझिरहेको छ ?
मकवानपुरगढीको युद्धमा मिरकासिमको सेना सोह्र सय थियो तर नेपाली सेना करिब साढे पाँच सय । त्यो देशभक्तिपूर्ण युद्धमा नेपाली सेनाले मिरकासिमको सेनाको नौ सय सेनालाई सखाप पारेर उसको हतियारहरू खोसेको थियो । यस्तो देशभक्तिपूर्ण वीरताले भरिएको नेपाली सेनाले आफ्नो इतिहास किन पढिरहेको छैन ? अनेक प्रश्नहरू गर्नुपर्ने भएको छ ।
धर्मनिरपेक्षताको विषयलाई धर्मान्तरणको महाअभियानका रूपमा विकास गरिएकाप्रति जनप्रतिनिधिहरूको मौनता आश्चर्यजनक छ । अहिले मन्दिर र गुम्बाअगाडि चर्च र चिहान बनाउँदै धार्मिक द्वन्द्वको बिउ रोपिँदै छ । पहाड वा तराई कतिपय क्षेत्रमा जातीयताको नारा फैलाइएको छ ।
सेनाको संख्याले जितहारको निर्णय गर्दैन । यदि यसले निर्णय गर्ने भए विश्वशक्ति अमेरिकासँग भियतनाम पराजित भएर उसको उपनिवेश बन्थ्यो, इजरायल आज समाप्त भइसक्थ्यो । नेपाली जनता र सेनामा यदि देशभक्तिको प्रबल भावना रहेसम्म कुनै पनि शक्तिले नेपाललाई पराजित गर्न सक्दैन । यसैलाई कमजोर पार्न अहिले नागरिकताको नाममा इण्डियन, तिब्बती वा अन्य देशका मानिसहरूलाई नागरिकता त्यो पनि वंशजको दिएर यहाँ जातीय द्वन्द्वको बिउ रोप्न खोजिएको छ । जनप्रतिनिधिहरूको भूमिकासमेत राष्ट्रियतालाई सबल गराउनेतर्फ हुनसकेको छैन ।
धर्मनिरपेक्षताको विषयलाई धर्मान्तरणको महाअभियानका रूपमा विकास गरिएकाप्रति जनप्रतिनिधिहरूको मौनता आश्चर्यजनक छ । अहिले मन्दिर र गुम्बाअगाडि चर्च र चिहान बनाउँदै धार्मिक द्वन्द्वको बिउ रोपिँदै छ । पहाड वा तराई कतिपय क्षेत्रमा जातीयताको नारा फैलाइएको छ । धर्मान्तरण र द्वन्द्वको शृंखला भुसको आगो झैं फैलिरहेको छ । धार्मिक तथा जातीय द्वन्द्वको वृक्ष हुर्किसकेको छ र यसले निम्त्याउने द्वन्द्व हाम्रो संघारमा आइसकेको छ । यसले एक दिन विकराल रूप लिनेछ । यसको सामना सेनाले मात्र गर्न सक्छ । सेनाका कर्णेल, जर्णेल, सेनापति कुनै विदेशी शक्तिको भरिया नभएमा र त्रिशूल र डमरुको शक्ति र महत्व बुझेमा कुनै शक्तिले नेपाली सेनालाई पराजित गर्न सक्दैन ।
शिवजीको त्रिशूल सत्व, रज र तम अर्थात प्रोटोन, न्युटोर्न र इलेक्ट्रोनको प्रतीक हो । यसले उदय, संरक्षण र विनाशको प्रतिनिधित्व गर्छ । शिवजीको डमरुको अर्थ हो नाद वा ध्वनि । डमरुको नाद वा ध्वनि ब्रहृमाण्डसँग सम्बन्धित छ । ब्रहृमाण्डमा विद्यमान ध्वनि ॐ जसबाट वाणीको उत्पत्ति भयो । त्यससँग सम्बन्धित छ ध्वनि । यसको गहिराइलाई गुरु गोरखनाथको आज्ञाले जसरी पृथ्वीनारायण शाहले बुझेका थिए के वर्तमान सेनाले बुझ्न सक्यो ? बुझ्न सकेको भए सेनाकै कारण आज यो देवभूमि ख्रिष्टनीकरणतिर जाने थिएन । नेपाली सेनाले आफ्नो प्रतीक चिहृन त्रिशूल र डमरुको अपमान गर्न बन्द गरोस् ।
पृथ्वीनारायण र बहादुर शाहको लिगेसी सेनाले बोक्नुपर्छ । अनिमात्र देशको हितमा सेनालाई सबलीकरण गर्न आधुनिक हातहतियार सैन्य तालिम दिनुपर्छ र यसका लागि सैन्य संख्या दोब्बर पार्नुपर्छ । यसको लागि सरकारले सेनालाई प्रशस्त बजेट उपलब्ध गराउनुपर्छ । सेना बलियो भए देश बलियो हुन्छ । अर्थात् वर्तमान सेनाको कटौती होइन कि पुनर्संरचनाको आवश्यकता छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता