काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रार नियुक्तिसम्बन्धी सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्थाका नाममा असार २४ गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो ।






