मकवानपुर नेविसंघमा सर्वसम्मत कार्यसमिति

Nitesh Bartaula
Nitesh Bartaula
Read Time = 3 mins

 

हेटौँडा। नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर अधिवेशन सम्पन्न भएको छ ।

सर्वसम्मत रुपमा सम्पन्न भएको अधिवेशनले देशभरका ईकाइहरूलाई प्रेरणा पुगेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाको समय सीमा दिँदै ३५ वटा जिल्लालाई अधिवेशन गर्न निर्देश दिनुभएकाे थियाे । मकवानपुर अधिवेशन गराउने जिम्मा पाउनुभएका भीषण ठकुरीले डेढ महिनाभित्रै अधिवेशन गराएर मकवानपुर बाट देश भरिका नेविसंघ जिल्ला कार्यसमितिमा राम्रो सन्देश पुर्याउनु भएको छ  ।

ADVERTISEMENT

मकवानपुर नेविसंघ जिल्ला अध्यक्ष भिषण ठकुरीले नेविसंघ मकवानपुरको तदर्थ समितीमा ३४ जनालाई मनोनित  गर्नुभएकाे छ । बरिष्ठ उपाध्यक्षमा आकाश भट्टराई, उपाध्यक्षद्वयमा अपिलराज खड्गी, रोशनी गोपाली, सचिवमा अभिप्सा पौडेल, सहसचिवहरुमा आशिष भोलन, अंकित पराजुली, अभिषेक लामा, जेनिष न्यौपाने, प्राञ्जल खनाल कोषाध्यक्षमा अरुणा अर्याल चयन भएका छन् ।त्यसैगरी जिल्ला सदस्यहरुमा किरण घले, उत्सव न्यौपाने, रेश्मा दाहाल, विवेक चौलागाईं, तजामुल हक, निर प्रताप सिंह, कामना प्रजा, समिरा लामा, पुरूषोत्तम चौधरी, सच्चितानन्द बञ्जारा, शौरव केशरी, राजकुमार बिक, दिवश भोम्जन, अमृत बल, जिवेश तितुङ्ग, एकता वैद्य, मौसम ढकाल, कौसर अन्सारी, सुशिल पास्वान, सागर गजुरेल, अजित घिमिरे, विवेक स्याङ्बो, अमृत भट्ट र अन्जान खत्रीलाई चयन गरिएको छ ।

मकवानपुर नेविसंघ जिल्ला अध्यक्ष भिषण ठकुरी निकै सहासी, इमान्दार व्यक्तित्व हुनुुन्छ। उहाँकै पहलमा मकवानपुर नेविसंघले हेटौडा सडक विस्तार काे योजनालाई खुल्ला रुपमा स्वागत गरिएको थ्यो। त्यो मात्रै होइन +२ कलेजले फी नतिर्दा Admit Card नदिएपछि त्यसको विरुद्धमा उहाँले आवाज उठाउनु भएको थियो। यसैगरी उहाँकाे राजनीतिक तथा सामाजिक काममा निकै योगदान छ।

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *