काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमको सहभागितामा काठमाडौंको इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि आज सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा विरोध प्रदर्शन गरेका छन्।
‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन् ।
नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका नेपालका पुरातत्त्व र पहिचानका मुर्ति देखि अन्य सामग्री हरु न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्घ्रालयमा पहिल्लै छ र रुबिनले सङ्ग्रह गरेको सामग्री चोरिएका सम्पदा भएकाले पनि यसको छवि पहिल्लै बिग्रेको अभियन्ता गणपति लाल श्रेष्ठले बताउनु भयो ।






