काठमाडौं । नेपालमा डेंगुको संक्रमणबाट तीनजनाले ज्यान गुमाइसकेका छन् भने चार हजारभन्दा बढी संक्रमित भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका अनुसार गत जनवरीदेखि २४ जुलाईसम्म डेंगुको संक्रमणबाट तीनजनाको मृत्यु भएको चार हजार २८९ जनामा संक्रमण भएको हो ।
६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा १४४ जना संक्रमित भएका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता