यस्तो छ- आजको फलफूल तथा तरकारीको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, टनेल गोलभेडा सानो ५८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,गाजर ११०,बन्दा लोकल १२ , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ९०, ब्रोकाउली ९०, कागती १३० रुपैयाँ, भिण्डी रू ३५, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

ADVERTISEMENT

समितिका अनुसार केरा दर्जन १४०, अनार ३५० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ५५०, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १२०, हरियो धनिया १५०, लसुन हरियो ७०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २१०, चाइनिज लसुन २६०, रुख कटहर ४०, भेडे खु्र्सानी ११० मा कारोबार भइरहेको छ । यसअघि मालदह आँप १५० रूपैयाँसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?