काठमाडौं । सिप्रदीको सम्पूर्ण नेटवर्क सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्युइन् पार्ट्सको डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा साउनदेखि समायोजित मूल्य लागू भएको छ ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी कम्पनीले ग्राहककोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पाटर््सको मूल्य समायोजन गरेको हो । हाल विद्यमान प्रतिकूल परिस्थितिका कारणले ग्राहकमा पर्न गएको असर केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युइन पार्ट्सको मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अब ग्राहकवर्गले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युइन पार्ट्स प्राप्त गर्न सक्नेछन् । सिप्रदीको ग्राहकमुखी अवधारणाअनुरूप टाटा जेन्युइन पार्ट्सको मूल्य घटाइएको बताइएको छ । अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कसपमा अनुभवी तथा दक्ष प्राविधिकबाट गाडी चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।
साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्युइन पार्ट्समा छ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता