मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को बिचमा भेटबार्ता भएको छ ।
रुसी भाडाको सैनिक वाग्नर सेनाको विद्रोहपछि आइतबार पहिलो पटक दुवै नेताको भेटबार्ता भएको हो ।
यस क्रममा दुवै नेताले वाग्नर प्रमुख प्रिगोगिनलगायत धेरै विषयमा छलफल गरेको रुसको आधिकारिक मिडिया एजेन्सी टासले जनाएको छ ।
टासले सार्बजनिक गरेको भिडियोमा पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई युक्रेन आक्रमणको बारेमा बताइरहेका छन् । पुटिनले भने- ‘हामीले युक्रेनको काउन्टर अफेन्सिभलाई पूर्ण रूपमा असफल बनाएका छौं ।’
लुकासेन्कोले मजाकको स्वरमा भनेका थिए कि साँचो अर्थमा युक्रेनले रुसको आक्रमणको सामना गर्न सक्दैन । यसबारे पुटिनले भने- प्रतिशोधात्मक हमला भएको थियो तर रुसले त्यसलाई असफल बनायो ।
रोयटर्सले टेलिग्राम च्यानललाई उद्धृत गर्दै भनेको छ कि यस भेटमा लुकासेन्कोले पुटिनलाई बेलारुस वाग्नर आर्मी लडाकुहरूले समस्यामा पारेको बताएका छन् । उनीहरु पश्चिमा देशतर्फ जान चाहन्छन् ।
लुकासेन्कोले भने कि निजी सेनाका सिपाहीहरू भन्छन्, वारसा र रेजासोभ वरिपरि घुमौं । वास्तवमा, पोल्याण्डको सिमाना बेलारुससँग छ, केही समयको लागि वाग्नरका लडाकुहरूलाई त्यहाँ राखिएको छ । यी लडाकुहरूले बेलारुसका सैनिकहरूलाई तालिम दिइरहेका छन् ।
यसै क्रममा पुटिनले लुकासेन्कोसँग सुरक्षाबारे छलफल गर्ने बताएका छन् । यसका लागि उनले आफ्नो कार्यतालिकामा परिवर्तन गरेका छन् । लुकासेन्को र पुटिनबीचको यो भेट महत्वपूर्ण रहेको स्पष्ट छ । वाग्नरको विद्रोह पछि बेलारुसका राष्ट्रपतिले प्रिगोगिन र पुटिनबीच सम्झौता गराएका थिए ।







Breaking news with related posts