पुष्पलाल लोकतन्त्रको पर्यायवाची

Read Time = 6 mins

✍️ लोककृष्ण भट्टराई

प्रिय पुरुषोत्तमजी नमस्कार, तपाईंले पुष्पलालको ४५औँ स्मृति दिवसका उपलक्ष्यमा हिमालय टाइम्समा केही लेख्न अनुरोध गर्नुभयो, ०४६ सालअघि राजा र पञ्चायतले सिर्जना गरेका केही कम्युनिष्ट नामधारी साथीहरूले पुष्पलाललाई कांग्रेसपरस्त दलाल भनेर गद्दार घोषणा गरेका छन्, यसमा पुष्पलालको दोष भनुँ वा के तपाईं नै भन्नुहोस्, पुष्पलालको (नेपाली जनताको आधुनिकीकरण र विकासमा लोकतन्त्र अनिवार्य छ, त्यो लोकतन्त्र अपहरण भएको छ, त्यसलाई बहाली गर्न नेपालका दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका सबै समूह र गुटहरू अन्य साना दलहरू प्रजापरिषद्, नेपाली राष्ट्रिय कांग्रेस, संयुक्त प्रजातन्त्र पार्टी, गोरखा परिषद्लगायत दलहरू, जनवर्गीय संगठनहरू जस्तैः नेपाल बार एसोसिएसन, नेपाल चिकित्सक संघ, नेपाल प्राध्यापक संघ, नेपाल राष्ट्रिय शिक्षक संघ/संगठन, अन्य सबै पेशागत संघ संगठन मिलेर निरंकुशताविरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने उहाँको अविचलित भनाइ भएकाले ती साथीहरूले गद्दार भने भने कांग्रेसले खतरनाक माओवादी भनेर प्रताडित गरे, त्यो तपाईंलाई थाहा छँदैछ । पुष्पलालको मृत्यु २०३५ सालमा भयो । उनको त्यो सिद्धान्तलाई कार्यान्वयन गराउन हामीले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई अनुरोध गरेको तपाईंलाई थाहा छँदैछ ।

तपाईं र हामीले गरेको पहल यही दलाल पुँजीवाद र विप्रेषणमा आधारित अर्थव्यवस्थाका लागि थियो त ? के पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, तुलसीलाल अमात्य, मदन भण्डारी, निर्मल लामा, सुरेश वाग्ले, रामप्रसाद राई वा भद्रकाली मिश्र सबैको नाममा हामीलाई भ्रष्टाचार, अन्याय, अत्याचार नेपाली जनतामाथि गर्ने छुट छ ?

ADVERTISEMENT

०३३ सालमा हामी क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठको फासी रद्द र सबै राजबन्दीको रिहाइ र पार्टीमाथिको प्रतिबन्धको फुकुवाको माग राखेर देशव्यापी आन्दोलन गर्दा पक्राउ परेर जेल परेको र ०३५/०३६ को संयुक्त विद्यार्थी आन्दोलनपछि घोषणा भएको राजा वीरेन्द्रको जनमत संग्रहको घोषणापछि ०३७ साल वैशाख १ गतेको राजा वीरेन्द्रले दिएको आममाफीमा छुटेर हामीलाई लिन स्वर्गीय जगनाथ आचार्य नख्खु जेल जानुभएको र कांग्रेस र कम्युनिष्टका राजबन्दीलाई लिएर कमलादीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बिपीसँग भेट गराएको र बहुदलको प्रचार र भोट गर्न गएको कुरा पनि तपाईंलाई थाहा छँदैछ । त्यसपछि निरंकुश पञ्चायतका विरुद्ध कांग्रेस र कम्युनिष्टका सबै समूहसँग सौहाद्र्रपूर्ण सम्बन्ध बनाउन तपाईं हामीले पुष्पलाल र बिपीकै नीतिबमोजिम के गरेनौँ ? ०४६ सालको जनआन्दोलनमा कांग्रेस र कम्युनिष्टका सबै समूहलाई संयुक्त जनआन्दोलन र गणेशमानजीको कमाण्डमा ल्याउन के गरेनौँ र ? यतिमात्र नभएर २०४६ पछि एकदलीय जनवाद स्थापना गर्न हिँडेका तपाईंका दाजुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मूलधारमा ल्याउने तपाईं हाम्रो पहल पनि तपाईंलाई थाहा छँदैछ । तर, तपाईं र हामीले गरेको पहल यही दलाल पुँजीवाद र विप्रेषणमा आधारित अर्थव्यवस्थाका लागि थियो त ? के पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, तुलसीलाल अमात्य, मदन भण्डारी, निर्मल लामा, सुरेश वाग्ले, रामप्रसाद राई वा भद्रकाली मिश्र सबैको नाममा हामीलाई भ्रष्टाचार, अन्याय, अत्याचार नेपाली जनतामाथि गर्ने छुट छ ?

यिनको फोटो टाँसेर हामी पाप त गर्दै छैनौँ ? यिनका नाममा हाम्रो सनातन संस्कृतिको पहिलो राष्ट्र वा भूमिमा विदेशीलाई क्रिडास्थल बनाउन छुट छ ? यिनले माथि स्वर्गबाट तपाईं र हामीलाई पक्का पनि सरापिरहेका होलान् ? किनकि पुष्पलाल र बिपीलाई हामीले जोड्यौँ, शेरबहादुरजी वा प्रचण्डजी वा केपीजीलाई किन दोष दिनु ? जोड्ने यी होइनन्, तपाईं हामी हौँ । आजलाई यत्ति, हार्दिक श्रद्धाञ्जली कमरेड पुष्पलाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *