काठमाडौं । मुक्तिनाथ विकास बैंकले लगातार चौथोपटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थातर्फबाट गोल्ड अवार्ड प्राप्त गरेको छ ।
आइक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२२) विभिन्न विधामध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७८/०७९ का लागि मुक्तिनाथ विकास बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।
उक्त पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरी लगातार चौथोपटक पुरस्कृत भएको हो । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न चार विधामा प्रस्तुत गरेकोमा विकास बैंक र वित्त कम्पनीमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेको हो ।






