सोमबारदेखि टाटाको एक्स्चेन्ज क्याम्प

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिप्रदी ट्रेडिङ कम्पनीले सोमबारदेखि नेपालभरका टाटा मोटर्स सोरुममा मनसुन म्याजिक एक्सचेन्ज क्याम्प सुरु गर्ने भएको छ । जहाँ जुनसुकै ब्राण्डका गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन इभीसँग साट्न सकिनेछ । एक्स्चेन्ज क्याम्पमा एकै ठाउँबाट गाडीको मूल्यांकन, न्यूनतम चार लाख रुपैयाँको गाडी मूल्यांकन, एकै ठाउँमा बिमा सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङ सुविधा, गाडीसम्बन्धी दक्ष प्राविधिकद्वारा परामर्श तथा सल्लाह सुझाव, नयाँ गाडी बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार, निःशुल्क गाडीको थप एक्सेसोरिज लगायतका सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटा मोटर्सका नेक्सन इभी र टिगोर इभीसँग साट्न सकिनेछ । टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गर्दै एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारीसाधन टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै सोरुमबाट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । योजना सीमित अवधिका लागि मात्र लागू हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?