बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने उल्लेख गर्नुभयो । उहाँले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउने बताउनु भयो । गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र रहने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको बताउनु भयो ।

उहाँले समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गरिने बताउनु भयो। उहाँले मौद्रिक नीति आगामी वर्षमा बजेटले लक्षित गरेको आर्थिक वृद्धिको लागि मुद्रा प्रदायकहरुलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य राखेर मौद्रिक नीति तय हुने जानकारी दिनुभयो। उहाँले राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने,वाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई शिरमा राखेर मौद्रिक नीति जारी गर्ने उल्लेख गर्नुभयो ।

उहाँले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्य वृद्धि ७ प्रतिशत रहने अनुमान रहेको बताउनु भयो। उहाँले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताउनु भयो । उहाँले बंैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै सिआरआर बाहेक नै करिव ८८ अर्ब तरलता प्रणालीमा रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले बैंकहरुबाट करिब ६० अर्ब लिएको बताउनु भयो । उहाँले ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भएपनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको बताउनु भयो ।

गभर्नर अधिकारीले राष्ट्र बैंकको नीतिमार्फत कुल लगानीको ४० प्रतिशत ऊर्जामा लगानी भइरहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले कुनै एउटा क्षेत्र र उद्योगमा र आयातमा मात्रै कर्जा नजाओस् भनि आन्तरिक उत्पादनमा कर्जाको प्रवाह गर्ने निति बनाएको बताउनु भयो।

ADVERTISEMENT

उहाँले मौद्रिक नीति तयार गरी राख्दा राष्ट्र बैंकलाई महत्वपूर्ण चुनौति उत्पादनशिल क्षेत्रमा उत्पादनकै लागि कर्जाको परिचालन देखिएको बताउनु भयो। उहाँले ठूलै संख्यामा रोजगारी,धेरै उत्पादन,राजश्वमा योगदान गरी अर्थतन्त्र चलायमान बनाउने क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनु भयो ।

उहाँले सरकारले १० खर्ब रुपैया एक वर्षमा राजश्व उठाउने गरेको भन्दै उक्त राजश्व निजी क्षेत्रबाट र उद्योगधन्दाबाट नै आएको बताउनु भयो। उहाँले राष्ट्र बैंकले बनाएका तथ्याङ्क निश्चित प्रमाण र आधार भएर नै आएको बताउनु भयो। उहाँले अर्थतन्त्र सुधार गर्नको लागि केही संरचनागत हिसावले काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले त्यसका लागि एक दुई वर्षमा सुधार गर्नसक्ने अवस्था रहेको बताउनु भयो।

उहाँले रेमिट्यान्सवेस मुलुकको अर्थतन्त्र भएको भन्दै त्यसलाई कृषि,जलविद्युत र पर्यटनवेस अर्थतन्त्रमा रुपान्तरण गर्न आन्तरिक उत्पादनले धान्ने गरी बनाउन निश्चित रणनितीक योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले सबै कुरालाई समावेश गर्न मौद्रिक नीति आफैँमा सक्षम नभएको बताउनु भयो।

उहाँले मौद्रिक नीतिले गर्ने भनेको बैंक तथा वित्तीय प्रणालीमा भएको स्रोतलाई कसरी उत्पादन र रोजगारीमा लगाउने गरी काम गर्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा मुलुकको अर्थतन्त्रले चाहे अनुसारको मूल्यवृद्धि नियन्त्रण गर्नेगरी आउने बताउनु भयो। उहाँले मुलुक कुनैपनि स्थितिमा संकटतिर जान नदिने गरी बनाउने भन्दै मुलुकको वाह्य क्षेत्रमा सुरक्षित रहेको बताउनु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज