कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

रासस
रासस
Read Time = 2 mins

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएकामा फरार रहेकाहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो । अदालतले पक्राउ परेका उनीहरुबाट रु १२ करोड ८७ लाख ९३ हजार जरिवना असुल गरेको छ । यस्तै विभिन्न समयमा अदालतबाट कैद र जरिवना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार रहेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

आव २०७९/८० मा १८ हजार एक सय १२ मोबाइल हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको छ । हराएका मोबाइलमध्ये एक हजार छ सय ५० थान फेला परेको प्रवक्ता रिजालले बताउनुभयो । काठमाडौँ प्रहरीमा आव २०७९/८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ उजुरी दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये सवारीसाधन सम्बन्धी एक सय १६, रकम ठगीका नौ सय ९७, वैदेशिक रोजगारी ठगीका पाँच सय ४०, जग्गासम्बन्धी विवादका ४० र झैझगडा कुटपिटका ६३ उजुरी छन् ।

यसैगरी, घरेलु हिंसाका १५, सहकारी सम्बन्धी ठगीका ५०, अनलाइन ठगीका ४०, चेकसम्बन्धी ठगीका दुई सय ७६, सरसामान चोरीका २१ र मोटरसाइकल चोरीका तीन उजुरी परेका छन् । परेकामध्ये छ सय २१ उजुरी फस्यौट भएको र बाँकी पक्रियामा काठमाडौँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *