काठमाडौं । भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको टोली अनामनगरस्थित देवीनगर पुगेको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरे सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको हो । साथै केही सटरहरु पनि भत्काइएको छ ।
नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएको थियो । तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाएको महानगरले जनाएको छ ।
















