विभिन्न मुलुकका लागि प्रस्तावित राजदुतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका छ जना राजदुतहरुको संसदीय सुनवाई प्रक्रिया सुरु भएको छ ।

बुधबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारद्वारा सिफारिस अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदुत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरव इमिरेट्सका लागि राजदुतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदुत घनश्याम लम्साल, थाईल्याण्डका लागि प्रस्तावित राजदुत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदुत सुधीर भट्टाराईको सुनुवाई गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेका राजदुत तथा विभिन्न नियोगहरुका प्रतिनिधिहरुको सुनुवाईका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिनु भयो । उहाँले समितिको निर्णय अनुसार आजको मितिबाटनै लागू हुने गरी समितिले सो उजुरी आह्वान गर्दै सरकारी सञ्चार माध्यामबाट सूचना प्रकाशित गर्ने समेत बताउनु भयो ।

ADVERTISEMENT

सचिव गिरीले भन्नु भयो, ‘नेपाल सरकारबाट सिफारिस भएका विभिन्न मुलुकका राजदुतहरुको सुनुवाई प्रक्रिया आजबाट प्रारम्भ भएको हो । खासगरी विभिन्न नियोगका स्थायी प्रतिनिधि र राजदुत गरेर ६ जनाको सिफारिस छ । श्री लोकबहादुर थापा, श्री रामप्रसाद सुवेदी, श्री सुधीर भट्टराई, श्री घनश्याम लम्साल, श्री तेजबहादुर थापा क्षेत्री र श्री धनबहादुर ओली सिफारिस हुनु भएको हो । उहाँहरुको सुनवाई प्रक्रियालाई अगाडि बढाउनका लागि यदि यहाँहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा प्रष्ट आधार र सबुत प्रमाणसहित १० दिन भित्र समितिमा सूचना उपलब्ध गराउनका लागि सूचना प्रकाशित गराउने भनेर यो सूचना पनि आज प्रकाशित हुन्छ । साथसाथै प्रक्रिया पनि प्रारम्भ भएको छ ।’

मन्त्रीपरिषदले सिफारिस गरेका राजदुतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *