काठमाडौं । नेप्सेमा सूचीकृत सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालको शेयर हालसम्मकै उच्च विन्दुमा बन्द भएको छ ।
क्लोजिङ प्राइसका आधारमा युनिलिभरले मंगलबार हालसम्मकै उच्च रेकर्ड बनाएको हो । यस दिन युनिलिभरको शेयर भाउ प्रतिकित्ता ३६ हजार ३०० रुपैयाँमा बन्द भएको छ । यो क्लोजिङ भाउ हालसम्मकै उच्च हो । सोमबार कुल ८१६ कित्ता शेयर कारोबार भएको छ ।
यसको शेयर भाउ मंगलबार एकैदिन ८.३९५ अर्थात २ हजार ८११ रुपैयाँले बढेको छ । यसदिन युनिलिभरको सेयर न्यूनतम ३२ हजार ८१९ रुपैयाँ ३० पैसादेखि अधिकतम ३६ हजार ४९९ रुपैयाँ ३० पैसासम्म खरिदबिक्री भएको छ । बन्द हुने बेलामा भने ३६ हजार ३०० रुपैयाँमा बन्द भएको हो ।
कम्पनीले यसअघि जुन १२ तारिकमा बनाएको ३४ हजार ३९९ रुपैयाँको क्लोजिङ रेकर्ड मंगलबार तोडेको हो । युनिलिभरको सेयर भाउले गत जुन १३ तारिकमा इन्ट्राडे कारोबारमा प्रतिकित्ता ३७ हजार ८३८ रुपैयाँको अल टाइम हाई विन्दु छोएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा