नेपाल रेमिट र सहकारी बैंकबीच सम्झौता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध हजारौं सहकारीका सदस्यले विभिन्न सहकारीमार्फत् नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सहजै भुक्तानी पाउन सक्नेछन् ।

सोसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले हस्ताक्षर गर्नुभएको हो । नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत खनालले भन्नुभयो, ‘रेमिट्यान्स बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढी गौरवको विषय हो ।

ADVERTISEMENT

यसबाट विभिन्न सहकारीमा आबद्ध सदस्यले आफू आबद्ध सहकारीमार्फत् नै रेमिट्यान्स भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ।’ राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईँले भन्नुभयो, ‘नेपाल रेमिटजस्तो लामो इतिहास भएको रेमिट्यान्स कम्पनीसँग हाम्रो आबद्धता हुनु भनेको हाम्रा लागि पनि खुसीको कुरा हो । अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिटमार्फत् पठाएको रकम प्राप्त गर्न सक्नुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?