वाणिज्य बैंकका थप ११ शाखा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशका विभिन्न स्थानमा थप ११ शाखा विस्तार गरेको छ । सिरहाको गोलबजारदेखि बैतडीको शाखा कार्यालय पाटनमा बैंकले शाखा विस्तार गरेको हो ।

बैंकले दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालीकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा शाखा विस्तार गरेको छ ।

ADVERTISEMENT

पछिल्लो शाखासँगै बैंकका शाखा संख्या २८२ पुगेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र तीनवटा शाखा कार्यालयसहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आमनागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज