कोषको २५ प्रतिशत बोनस सेयर पारित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नागरिक लगानी कोषको २८औँ वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

सो अवसरमा अध्यक्ष थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने बताउनुभयो । कोषले संकलन गरेको बचत राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्र, कोषमा आबद्ध सहभागीलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटी एवं पुँजीबजारका विभिन्न औजारमा लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिनेमा जोड दिएको बताउनुभयो ।

ADVERTISEMENT

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कारोबार क्रमशः सूचना प्रविधिमैत्री बनाउँदै आगामी दिनमा कारोबार विस्तार गरिने बताउनुभयो । कोषका अनुसार आर्थिक वर्ष २०७९/०८० को चैतसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कोषले दुई खर्ब १२ अर्ब ६४ करोड ७३ लगानी गरेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ पनि कोषले काम गरिरहेको छ । त्यस्ता नागरिकको रकम अनलाइन प्रणालीमार्फत् नै प्राप्त गर्न सक्नेतर्फ कार्य भइरहेको छ । सभामा बैंक तथा वित्तीय संस्था समूहबाट सञ्चालक समितिमा तीन वर्षका लागि नेशनल लाइफ इन्स्योरेन्सका सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज