दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

रासस
रासस
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज एक ट्वीट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको जनाउनुभएको हो । उहाँले दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

ADVERTISEMENT

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज विहान ८ः३३ बजे दाहालको निधन भएको थियो । दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?