सीता दाहालको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर राष्ट्रपति पौडेलले दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएकाे हाे । दाहालको निधनकाे खबरले आफूलाई दुःख लागेको बताउँदै राष्ट्रपति पौडेलले पत्नी शोकमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्नुभएकाे छ ।

ADVERTISEMENT

दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । बुधबार दिउँसो उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?