रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आजबाट प्रिमियम मूल्यमा आइपिओ बिक्री खुला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बुधबारबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुल्ला गरेको हो ।

यसले फेस भ्यालूमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आइपिओ बिक्री गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । यो आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन पाइनेछ ।

ADVERTISEMENT

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आइपिओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपिओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *