प्रधानमन्त्री पत्नी सीताको अवस्था गम्भीर, नर्भिकमा उपचार हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

उहाँको अवस्था गम्भीर बनेपछि बिहान थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि लगिएको हो ।

अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताउनुभयो । अहिले उहाँको उपचार जारी छ ।

ADVERTISEMENT

अस्पतालमा अहिले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता पुगेका छन् ।

उहाँ पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित हुनुहुन्छ । यसअघि पनि उहाँलाई पटक–पटक देश तथा विदेशका अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

पछिल्लो ६ महिनादेखि सीतालाई डाक्टरको निगरानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?