आजको फलफूल तथा तरकारीको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (मंगलबार) नेपाली ठूलो गोलभेडा, लोकल गाजर, डल्लो भन्टा, भटमासकोशा र न्यूरो प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेडा २३ रुपैयाँ, टनेल गोलभेडा ३७ रुपैयाँ ४० पैसामा किनबेच भइरहेको छ ।

रातो आलु ४६ रुपैयाँ ८० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ८० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ ४० पैसा कारोबारका लागि कायम गरिएको छ ।

ADVERTISEMENT

यसैगरी, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली र पालूगो साग ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा, तने बोडी ११० रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १७५ रुपैयाँ, तितो करेला र चुकुन्दर ७५ रुपैयाँ, लौका र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, घिरौला ८४ रुपैयाँ, परवर, डल्लो फर्सी र ब्रोकाउली ५५ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै, भिण्डी प्रतिकेजी १०६ रुपैयाँ, स्कूस ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५४ रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ कायम भएको छ ।

इमली १३५ रुपैयाँ, तामा ११८ रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, दसहरी र मालदह आँप ११५, कालो अंगुर ५६५ रुपैयाँ, मौसम र जुनार २३५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, लोकल काक्रो ९६ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा २९२ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?