काठमाडौंका मेयरलाई धरानका मेयरको ढाडस, साम्पाहाङ भन्छन- ‘नडराउनुहोस्’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिनुभएको छ ।

आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहनुभएका मेयर शाहलाई धरानका मेयरले ढाडस दिनुभएको हो ।

अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले उहाँले आइतबार् साँझ ट्वीट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाउनुभएको हो ।

काठमाडौंका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेख्नुभएको थियो,

‘आज एउटा विशेष दिन,

आजबाट म तारिखमा छु,

ADVERTISEMENT

भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,

प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आजबाट अपराधी ।’

त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले ट्वीटरमा जवाफ दिदैँ लेख्नुभयो,

‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?