नवलपरासी । साइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एसिया बैंकिङ अवार्ड-२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा उत्कृष्ट हुँदै अवार्ड जितेको हो । इण्डियन च्याम्बर अफ कमर्सले आहृवान गरेको खुला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी छ देशका बैंक तथा वित्तीय संस्थाले अवार्डका लागि आवेदन दिएका थिए ।
अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ सूचक निर्धारण गरेको थियो । जसमध्ये साइन रेसुंगा कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन, कुल ब्याज खर्च, शुल्कमा आधारित आम्दानी, सञ्चालन खर्च, करपछिको खुद नाफा, प्रावधान र आकस्मिकता तथा अन्य आम्दानीलगायतका सूचकमा उत्कृष्ट भएको थियो । अवार्ड छनोटको निर्णायकमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्राइसवाटर हाउस कुप (पिडब्लुसी) रहेको थियो । पिडब्लुसीको उपस्थिति विश्वका एक सय ५० देशका सात सय स्थानमा रहेको छ ।
अवार्ड साइन रेसुंगा डेभलपमेन्ट बैंकका ब्राण्डिङ हेड प्रभास राईले ग्रहण गर्नुभएको थियो । स्थापनाकालदेखि नै इथिकल बंैकिङको मूल्य मान्यतामा अघि बढेकाले अवार्ड प्राप्त गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements