काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) बीच सातवटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने विषयमा सम्झौता भएको छ । स्थानीय/प्रदेश सरकार र सरोकारवाला संघ÷संस्थासँगको साझेदारीमा यसै वर्षभित्र सातवटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न गर्ने गरी भएको सम्झौतापत्रमा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान र एनबिआईका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभएको हो ।
सिबिफिन अध्यक्ष गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पुँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्र पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रमा लगानी प्रवद्र्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनको प्रवद्र्धनलगायत विषयमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन केन्द्रित रहने बताउनुभयो । प्रदेश/स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्व, बुद्धिजीवी, उद्यमी/व्यवसायीको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्या उजागर गर्दै प्रचुर सम्भावनाका क्षेत्र पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न सम्मेलनले सघाउन पुग्ने उहाँको भनाइ छ ।
सो अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेसन अफ नेपालिज एक्सपोट्र्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढाथोकी, फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतले संघीयता लागू भएपछि यस्तो शिखर सम्मेलन प्रदेशस्तरमा पहिलोपटक आयोजना हुन लागेकाले स्थानीय र प्रदेश सरकारसँगको सहकार्य र साझेदारीमा कार्यान्वयन गर्न सकिने व्यावसायिक परियोजनालाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
एनबिआईका अध्यक्ष गैरेले सम्मेलनमा आयोजक र स्थानीय र प्रदेश सरकारबीच साझेदारी सम्झौता, भिडियो प्रदर्शनी, स्थानीय तहका उद्यमीले उत्पादन गरेको मौलिक उत्पादन प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाको लगानी मोडल र प्राप्त हुने उपलब्धि, वित्तीय पहुँच र साक्षरता र बैंक तथा वित्तीय संस्थाको प्रवद्र्धनलगायतका विषयमा अर्थपूर्ण छलफल र निष्कर्ष निकालिने जानकारी दिनुभयो ।
सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र उपाध्यक्ष राजेश उपाध्यायले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा स्तरोन्नतिसहित दिगो र फराकिलो आर्थिक विकासका लागि टेवा पु¥याउने गरी उच्चस्तरीय सञ्जालको निर्माण गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो । आगामी असोज दोस्रो हप्ताबाट प्रारम्भ गरी माघ मसान्तसम्म सातवटै प्रदेशमा सम्पन्न गरिने र प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढी वक्ता र करिब तीन सय उद्यमी÷व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच