गुजरात । मोदी उपनाम मुद्दामा राहुल गान्धीको दुई वर्षको जेल सजाय यथावत रहने वा राहत पाउने भन्ने निर्णय आज शुक्रबार हुँदैछ । गुजरात उच्च अदालतले आज बिहान ११ बजे फैसला सुनाउन लागेको छ।
गत २३ मार्च २०२३ मा सूरतको सत्र अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको थियो । तर, यो फैसलाको २७ मिनेटपछि उनले जमानत पाएका थिए । त्यसको भोलिपल्ट २४ मार्च दिउँसो २ः३० बजे उनको सांसद पद गएको थियो ।
राहुलले उक्त निर्णयमा पुनर्विचार गर्न सुरत अदालतमा रिभ्यु पिटिशन दायर गरेका थिए तर अदालतले त्यसको सुनुवाइ गर्न अस्वीकार गरेको थियो। यसपछि राहुल गान्धीले २५ अप्रिलमा गुजरात हाईकोर्टमा रिभ्यु पिटिशन दायर गरेका थिए । त्यसपछि मइ २ मा उच्च अदालतले यस विषयमा फैसला सुरक्षित राखेको थियो ।
अब के हुन्छ ? यो सर्बत्र चासोको बिषय बनेको छ । यदि राहुलले यस मामलामा राहत पाए भने उनको सांसद पद पुनर्स्थापित हुनेछ र उनी २०२४ को लोकसभा चुनाव लड्न सक्षम हुनेछन् । त्यसो भएन भने ८ वर्षसम्म चुनाव लड्न पाउँदैनन् ।
२०१९ मा राहुल गान्धीले कर्नाटकको विधानसभामा मोदी उपनामको बारेमा बयान दिए। उनले भनेका थिए, ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ यसपछि गुजरातका भाजपा विधायक पूर्णेश मोदीले राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । सो मुद्दामा उनलाइ दोषी ठहर गरेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts