मन्त्रिपरिषद् बैठक : तीन सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सरकारले एमसिए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । असार १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकार प्रवक्ता रेखा शर्माले सरकारले भन्सार तथा लजिस्ट्री सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलयितपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले दैलेखको शासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रूपमा तीन सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी गराउनुभयो । सरकारले नेपाल न्याय सेवा, कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका सातजना अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

त्यस्तै, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने, पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत सडक सीमाभित्र पर्ने कास्की जिल्लाको रुडीखोला भैँसे सडकखण्डका घरटहरा हटाउन स्वीकृत दिने, थाइल्याण्डको बैंककमा हुने फोर्थ हाइलेभल पोलिसी फोरम मल्टिनिगल एजुकेसन कार्यक्रम र सेभेन्थ इन्टरनेसनल कन्फ्रेन्स अन ल्यांग्वेज एण्ड एजुकेसन विषयक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिने र निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *