नर्भिकको ल्याप्रोस्कोपिक सर्जरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले स्त्रीरोगसँग सम्बन्धित बिरामीका लागि छुटसहितको एकमहिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेज ल्याएको छ । नर्भिक आइभिएफले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर साउन २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुटका साथ ल्याप्रोस्कोपिक सर्जरी क्याम्प आयोजना गर्न लागेको हो ।

सर्जरी प्याकेजमा नर्भिक आइभिएफकी वरिष्ठ स्त्रीरोग तथा टेष्टट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिरामीको शल्यक्रिया एवं उपचार गर्ने बताइएको छ ।

ADVERTISEMENT

सहुलियत प्याकेजमा महिलाको पाठेघर फाल्न गरिने अप्रेसन, पाठेघरको ट्युमर, शिष्टलगायत पाठेघरको कुनै पनि समस्यामा गरिने शल्यक्रियात्मक प्रक्रिया रहेको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिनुभएको छ ।

कुनै पनि महिलाको बच्चा नहुने अप्रेसन गर्न वा त्यस्तो अप्रेसन पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने डा. नुतन शर्माले बताउनुभएको छ । हस्पिटलका अनुसार सर्जरी प्याकेजमा सहभागी हुन नाम दर्ता गरेका बिरामीलाई ओपिडी निःशुल्क गरिएको छ भने एक महिनासम्म चिकित्सक फलोअपमा समेत शुल्क लाग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज