काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नतिजा यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति लिएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने पाँच वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यसवर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts