काठमाडौं । यस हिमालय टाइम्स राष्ट्रिय दैनिकका नियमित स्तम्भकार उपप्राध्यापक मेघनाथ दाहाललाई मातृशोक परेको छ । दाहालकी माता गंगा दाहालको निधन भएको छ । पिता पण्डित खगेन्द्र (खिलानाथ) दाहालको निधन भएको २८ दिनमा मंगलबार बिहान माता गंगा दाहालको निधन भएको हो ।
स्वर्गीय दाहालका मेघनाथ र कुमार गरी दुई छोरा र चार छोरी हुनुहुन्छ । अभिभावक गुमाउनु परेकोमा लेखक मेघनाथसहित सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हिमालय टाइम्स राष्ट्रिय दैनिक तथा इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.परिवार समवेदना प्रकट गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts