थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँट

Read Time = 2 mins

काठमाडौ । थ्रीस्टार हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।

उनीहरुमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आइपीओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकामा २ हजार ८४८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी गराएको छ ।

ADVERTISEMENT

कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । कम्पनीले यसअघि ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन आयोजना प्रभावित स्थानीयलाई बाँडफाँट गरेको थियो ।

साथै, कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज