तालिवानले लगायो अफगानिस्तानका ब्युटीपार्लरमाथि प्रतिबन्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काबुल । तालिबानले काबुल र देशका अन्य प्रान्तहरूमा महिलाको सौन्दर्य सैलुन (ब्युटीपार्लर) मा प्रतिबन्ध लगाउने नयाँ आदेश जारी गरेको छ।

तालिबान मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ महजारले टोलो न्यूजलाई यसबारे जानकारी दिए। तालिवानको मन्त्रालयले काबुल नगरपालिकालाई तालिबान नेताको नयाँ आदेश कार्यान्वयन गर्न र महिला सौन्दर्य सैलुनहरूको लाइसेन्स रद्द गर्न पनि आदेश दिएको छ।

तालिवानको यो आदेशमा मेकअप आर्टिस्ट रेहान मुबारिजले भने, ‘पुरुषहरू बेरोजगार छन्, जसकाकारण पुरुषहरूले आफ्नो परिवारको हेरचाह गर्न सक्दैनन्, महिलाहरू रोटीको खोजीमा ब्यूटी सैलुनहरूमा काम गर्न बाध्य हुन्छन्। यदि उनीहरूलाई त्यहाँ प्रतिबन्ध लगाइयो भने हामी के गर्न सक्छौं ?’

ADVERTISEMENT

एक मेकअप आर्टिस्टले भने, ‘परिवारका पुरुषको जागिर छ भने हामी घरबाट बाहिर निस्कने छैनौं। हामी के गर्न सक्छौं रु हामी भोकै बस्ने, के गर्ने रु तपाई हामीलाई मार्न चाहनुहुन्छ।’

यो इस्लामिक इमिरेट्सले केटीहरू र महिलाहरूलाई स्कूल, विश्वविद्यालय र गैरसरकारी संस्थाहरूमा काम गर्नका साथै पार्क, सिनेमाघर र अन्य मनोरञ्जन क्षेत्रहरू जस्ता सार्वजनिक क्षेत्रहरूमा जान प्रतिबन्ध लगाएको छ।

सो प्रतिबन्ध लगाए पछि काबुलका बासिन्दा अब्दुल खाबिरले भने, ‘सरकारले यसका लागि फ्रेमवर्क बनाउनुपर्छ। फ्रेमवर्क यस्तो हुनुपर्छ कि न इस्लामलाई न देशलाई हानि पुगोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज