वामपन्थी विस्तारवाद रोक्नु र युद्ध अन्त्य गर्नु आवश्यक

Read Time = 6 mins

✍️ मनोजकुमार कर्ण

रुस र युक्रेनबीच लोकतान्त्रिक देश युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किको सार्वभौमसत्ता स्वनिर्णय उत्तर एटलान्टिक सन्धि संगठनमा आफू समाहित हुनेविरूद्ध वामपन्थी देश रुसको अकारण त्यसलाई विरोध गरेर युद्ध निम्त्याउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अहंकार ‘युक्रेनसँगको युद्ध तीन-चार दिनभित्र म युक्रेनलाई सर्वनाश गरेर टुंग्याइदिनेछु’ ले गर्दा ती दुई देशसहित पूरै विश्व आज करिब डेढ वर्षदेखि मनमा अशान्त, बेचैनी, आर्थिक डाँवाडोल, महँगी र चरम् बेरोजगारीका दुष्चक्रमा फँसेको छ ।

हिजो अमेरीकाले अरब-मुस्लिम केही देशलाई नियन्त्रणमा राख्न भनेर सउदी अरबका इञ्जिनियर ओसामा विन लादेनलाई आउटफिट बन्न प्रश्रय दियो जो विश्वकै कुख्यात आतंकवादीमा आफूलाई परिणत गरे र अमेरीकाले म मुस्लिमलाई मुस्लिम देशविरुद्ध प्रयोग गरेको बुझेर उल्टै अमेरिकाका ट्विन टावरमाथि नै जहाज ठोक्काएर आक्रमण गराए र सन् २०११ मा पाकिस्तानको एटोबावादमा सैन्य क्याम्पनिर लुकिरहेका लादेनलाई तात्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले मिलिट्री अपरेसनमा मार्न लगाए । अर्थात् आतंकवादीको जात, देश, धर्म कुनै पहिचान हुँदैन र जसले आतंकवादलाई हतियार बनाउँछ भोलि उसैको पनि हात काट्छ ।
आज रुसी राष्ट्रपति पुटिनले युक्रेनमा युद्धका बेला परिभाषा अनुसार युद्ध अपराध गरिरहेका आरोप लागिरहेका बेला रुसभित्रै निजी सेना बाग्नर भनी चिनिएका रुसका पूर्व विभिन्न अपराधका कैदी बन्दीहरू सम्मिलित करिब ५० हजार (त्यसमा १० हजार भाडका सैन्य छन् भने बाँकी ४० हजार कैदी बन्दीहरू सैन्यरूपमा छन्) ले अमानवीय रूपमा युक्रेनमा रूसको तर्फबाट युद्धरत्त रही रूसी सेना, महिला तथा बालबालिकामाथि चरम् अमानवीय व्यवहार यातना दिएका दाबीहरू आइरहेका छन् अनि यस निजी सेना बाग्नरका करिब २० हजार सेना मारिएका दाबी छ ।

युक्रेन त पुटिनले चार दिन त के डेढ वर्षमा पनि जित्न सकेनन्, सकेनन्, टुक्रा पार्न पनि सकेनन् तर रुसको विभाजन उनले आफैंले नै येवगेनी प्रगोजिनमार्फत् गराउन बाटो खुलाइहाले, आखिरमा युद्ध कुनै समस्याको समाधान होइन ।

ADVERTISEMENT

आज बाग्नरका प्रमुख रुसका पूर्वकैदी, रेष्टुराँ सञ्चालक तथा व्यापारी येवगेनी प्रगोजिनको बुद्धि खुल्दा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अनैतिक काम गरिरहेको र आफ्ना हजारौं सैन्य मारिइसकेकामा अब युद्ध रोक्नै पर्ने भनेर रुसभित्र आन्तरिक दबाव दिनलाई उल्टै राजधानी मस्कोतिर कब्जा अभियानमा अघि बढ्दै संसारकै विभिन्न न्यूज एजेन्सीहरूले समाचार र भिडियोहरू बनाएर प्रसारण गरिरहेका छन् ।

पुटिनले युक्रेनलाई कब्जामा लाग्दा उल्टै देशद्रोह भएर रुस नै टुक्रिने दुर्घटनाको सामना गरिरहेका छन् । अवश्य पनि कोही कम्युनिस्टले चीन समर्थित रुसी कदमलाई साथ देलान् भने कोही लोकतान्त्रिक भएर युक्रेनको तर मुख्य कुरो के हो भने जसरी नेपाललगायत विश्वका कुनै पनि देशले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छ त्यसरी युक्रेनले गर्दा रुस-चीनको टाउको किन दुख्नुपर्ने ? वास्तवमा यो कम्युनिष्ट विस्तारवाद हो जुन रोकिनै पर्छ, त्यसै पनि पुटिनले युक्रेनमा गरेका युद्ध बर्बरता बाग्नरको संलग्नताले पुष्टि भइसक्यो अब पुटिनमाथि अन्तर्राष्ट्रिय न्यायालयमा युद्ध अपराध लगाइने प्रमाण फेला परिसक्यो । र, पुनः त्यही कुरा पुष्टि हुन गयो कि जो अरूका लागि खाल्डो खन्छ, अहित सोच्छ, पहिला ऊ आफैं त्यसको सिकार हुन्छ ।

युक्रेन त पुटिनले चार दिन त के डेढ वर्षमा पनि जित्न सकेनन्, सकेनन्, टुक्रा पार्न पनि सकेनन् तर रुसको विभाजन उनले आफैँले नै येवगेनी प्रगोजिनमार्फत् गराउन बाटो खुलाइहाले, आखिरमा युद्ध कुनै समस्याको समाधान होइन र निःशर्त टेबल-वार्ता नै समस्याको समाधान हो तर परमाणु बमको धम्की समाधान होइन भन्ने कुरा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मनन गरी तदनुरूप चाँडै युद्ध-तटस्थ भारतजस्तो देशको सल्लाह मान्न अबेला गर्नु हुँदैन, विश्वले यही दबाब रुसमाथि सिर्जना पनि गर्नुपर्छ । (कर्ण उपप्राध्यापक हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?