काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो गोलभेडा (नेपाली), स्थानीय काउली, डल्लो भन्टा, चिचिण्डो, स्कुस, ब्रोकाउली र जिरीको साग प्रतिकेजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।
उता, टनेल सानो गोलभेडा २८ रुपैयाँ ७५ पैसा, रातो आलु, हरियो खुर्सानी, तोरीको साग, लाम्चो हरियो फर्सी, राचो मूला र लाम्चो भन्टा प्रतिकेजी ४५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु, रुख कटहर र पाकेको फर्सी ३५ रुपैयाँ, भारतीय सुकेको प्याज ४९ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ तोकिएको छ ।
लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली (ज्यापु), लौका, झिगूनी, सलगम, चुकुन्दर र रातो बन्दा ६५ रुपैयाँ, लोकल सेतो मूल १७ रुपैयाँ ६७ पैसा, तने बोडी १२५ रुपैयाँ, मकै बोडी, टाटे सिमी, भटमासकोशा, घिरौला, भेडे खुर्सानी, लोकल खुर्सानी, मालदह आँप र लोकल काक्रो ७५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, लोकल घिउ सिमी प्रतिकेजी ११५ रुपैयाँ, राजमा घिउ सिमी, तितो करेला र लसुन हरियो प्रतिकेजी ९५ रुपैयाँ, परवर, रायोको साग, न्युरो, लोकल नासपाती, हरियो तरबुजा र दसहरी आँप ८५ रुपैयाँ, कन्य च्याउ १६३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ २६३ रुपैयाँ ३३ पैसा रहेको छ ।
यसैगरी, कुरीलो २२५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, पार्सले ३१० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा, अनार ३९० रुपैयाँ, हरियो अंगुर ३९० रुपैयाँ, कालो अंगुर ५६५ रुपैयाँ, मौसम २३५ रुपैयाँ, लोकल लिच्ची ११० रुपैयाँ, किवि ८७५ रुपैयाँ, आभोकाडो ६५० रुपैयाँ र अकबरे खुर्सानी १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts