विश्वभर करिब ९० प्रतिशत भन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी संसारभरमा ६० करोड मेट्रिकटनको हाराहारीमा धान उत्पादन हुने अनुमान छ । त्यसकारण एसियालीहरूलाई एकैसाथ ल्याउन सेतुको कामसमेत गरेको छ धान खेतीले । यसर्थ कृषिमा आकर्षण घटेकाले खाद्यान्न उत्पादनमा अपेक्षित वृद्धि हुन सकेको छैन । मूलतः यस्तो किसिमको खाद्यान्नको मुख्य स्रोत मानिएको धानखेतीलाई प्रवद्र्धन गर्न सरकारको २९ मंसिर २०६१ को निर्णय अनुसार नेपालमा प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको छ ।
यसैलाई निरन्तरता दिने क्रममा यस साल पनि कृषि विभागले राष्ट्रिय धान दिवस मनाउन लागि परको छ । यस सालको धान दिवसको मूल नारा भने ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको छ । यसैक्रममा यो विसं २०८० साल असार १५ गते २०औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पर्न गएको छ । यस वर्ष समयमै मनसुन सुरु भएकाले गर्दा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा वृद्धि हुने अनुमान गरिएको छ ।
देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । हाम्रो देशमा कृषि परापूर्व कालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेशाको रूपमा रहिआएको छ । विश्व अर्थतन्त्रमा अरू क्षेत्रको विकास र विस्तारसँगै कृषि क्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ । देशको अर्थतन्त्रमा कृषिमा कूल गार्हस्थ उत्पादनमा हाल २६ दशमलव ५ प्रतिशत ओगटेको छ । त्यसमध्ये धानबाट कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान छ । त्यसरी मुलुकमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत भूमिमा धान खेती हुँदै अएको छ । त्यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको अनुमान गरिएको छ ।
देशमा विद्यमान तीन करोड नाघिसकेको जनसंख्यालाई खाद्यान्न भाग लगाउने हो भने प्रतिव्यक्ति प्रतिवर्ष १ सय ९१ किलो चामल उपलब्धता रहेको छ । जसले गर्दा देशलाई ६० लाख मेट्रिक टन धान प्रत्येक सालका लागि आवश्यक पर्छ ।
देशमा अन्न बाली उत्पादन हुने कूल क्षेफलको करिब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्न बाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । यसर्थ राष्ट्रमा वार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा यसका अन्य उत्पादनबाट प्राप्त हुने हिसाब किताब सम्बन्धित क्षेत्रका विज्ञले गरेका छन् । त्यसरी नै मुलुकको धान बालीको क्षेत्रफलमा आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख ५८ हजार ९ सय २० हेक्टरमा लगाइएको थियो । सो क्षेत्रफलको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा १ प्रतिशतले वृद्धि भई अर्थात् १४ हजार ५ सय ५० हेक्टर वृद्धि भई १४ लाख ७३ हजार ४ सय ७० हेक्टर पुग्ने अनुमान गरिएको छ ।
त्यसैगरी उत्पादनतर्फ हेर्ने हो भने पनि आर्थिक वर्ष २०७६/०७७ मा ५५ लाख ५० हजार ८ सय ८० बाट १ दशमलव २८ प्रतिशत अर्थात् ७० हजार ८ सय ३० मेट्रिक टन उत्पादन वृद्धि भई ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । त्यसरी नै उत्पादकत्वतर्फ अवलोकन गर्ने हो भने पनि अधिल्लो आर्थिक वर्ष ३ दशमलव ८० प्रतिशत प्रति हेक्टर उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा शून्य दशमलव २८ ले वृद्धि भई ३ दशमलव ८२ प्रतिशत प्रतिहेक्टर मेट्रिकटन भएको अनुमान छ ।
देशमा विद्यमान तीन करोड नाघिसकेको जनसंख्यालाई खाद्यान्न भाग लगाउने हो भने प्रतिव्यक्ति प्रतिवर्ष १ सय ९१ किलो चामल उपलब्धता रहेको छ । जसले गर्दा देशलाई ६० लाख मेट्रिकटन धान प्रत्येक सालको लागि आवश्यक पर्छ । मौसमी अनुकूलतामा बढी निर्भर रहेको कृषि क्षेत्रको पछिल्लो दश वर्षको वृद्धिदर भने अपेक्षाकृत रूपमा सन्तोषजनक रहन सकेन । कृषि क्षेत्रबाट प्राप्त हुन गएको रोजगारी अवसर र मुलुकलाई समष्टिगत रूपमा प्रदान हुने खाद्य सुरक्षाको कारण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय रहन गएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण तथा विविधीकरण गरी तुलनात्मक लाभ एवं प्रतिस्पर्धाको सक्षम बनाउनु आवश्यक छ ।
कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी बहुसंख्यक कृषक समुदायको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन कृषि विकासका कार्यक्रमहरू केन्द्रित रहेका छन् । खाद्यान्न बालीहरू धान, मकै, गहुँ, जौ, कोदो, फापर आदिमा भएको उत्पादन र उत्पादकत्व वृद्धिले नेपालको खाद्य सुरक्षामा टेवा पुगेको छ । हाम्रो राष्ट्रिय आय विदेशी मुद्रा आर्जन विदेश व्यापार र रोजगारी प्रदान गर्ने सन्दर्भमा कृषिको सर्वोपरी महत्व छ । हाम्रो देशमा भने बीस वर्षे दीर्घकालीन कृषि योजनाले धानलाई विशेष प्राथमिकतामा राखेको छ । अब देशमा चैते, भदैया, वर्षे, हिउँदे आदि गरी वर्षैभरि धानखेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ ।
किसानले धानखेतीलाई नोक्सानमात्र पार्ने खेतीको रूपमा परिभाषित गर्न थालेका छन् । देशमा विद्यमान नदीनाला, मलिलो माटो, मिलेको हावापानी भएको हुँदा नेपाल धानमा आत्मनिर्भर हुने सम्भावना धेरै रहेको छ । यद्यपि देशमा धान खेतीको सम्भावना पनि राम्रो छ ।
मुलुकको ७७ जिल्लाहरूमध्ये ४० देखि ४५ जिल्लामा आफ्नै उत्पादनले खान नपुग्ने कुरा सरकारी तथ्यांकले देखाएको एकातिर छ भने अर्कोतिर बढ्दो जनसंख्याको भारले गर्दा ६० वर्ष अगाडि ८० लाख जनसंख्या थिए भने अहिले वृद्धि भई ३ करोडभन्दा बढी पुगेको अनुमान छ । किसानहरूमा सबैभन्दा बढी आवश्यक खाद्य वस्तु धानको खेतीप्रति वितृष्णा बढ्दै गएको छ । किसानले धानखेतीलाई नोक्सानमात्र पार्ने खेतीको रूपमा परिभाषित गर्न थालेका छन् । देशमा विद्यमान नदीनाला, मलिलो माटो, मिलेको हावापानी भएको हुँदा नेपाल धानमा आत्मनिर्भर हुने सम्भावना धेरै छ । यद्यपि देशमा धान खेतीको सम्भावना पनि राम्रो छ ।
समग्रमा भन्नुपर्दा यसपालि वर्षा समयमै सुरु भएकाले किसानले गत वर्षभन्दा यसवर्ष समयमा नै धान रोपाइँ सकिने सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ । अतः संसारको सबभन्दा उच्चस्थानमा धानखेती हुने ठाउँ नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । यसरी मुलुकमा धानको उत्पादन बढ्यो भने देशको आर्थिक वृद्धिदर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक वृद्धिदर नै ओरालो लाग्छ । तसर्थ धानले देशलाई पु¥याएको देनलाई सिंहावलोकन गरी देशले पनि धानबालीको अनुसन्धान र विकासमा प्राथमिकताका साथ विशेष लगानी गर्नु पर्दछ । देशमा उत्पादन भएको चामल भारतबाहेक अरू देशहरूमा निकासी भएको आकडा पाइँदैन ।
तर, मुलुकले नपुग हुने चामल भारतलगायत अन्य देशहरूबाट आयात गरिनै रहेको छ । गतवर्ष झण्डै एक खर्ब बराबरको चामललगायत खाद्यान्नको आयात भएको थियो । मुलुकको प्रमुख बालीका रूपमा रहेको धानको अनुसन्धान, उत्पादन र प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । अब देशमा मनसुनको सुरुवात भइसकेकाले देशभर धान रोपाइँ गर्न थालिएको छ । देशको भौगोलिक धरातलको विविध हावापानीका कारणहरूले गर्दा यसपालि धानबालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा केही बढ्न सक्ने संकेतको अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरूले गरेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts